डोनल्ड ट्रम्प आउँदा दिनमा पक्राउ पर्न सक्ने, के हो एक पोर्नस्टार जोडिएको उक्त मामिला?
काठमाडौं,पूर्वअमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पविरुद्ध न्यूयोर्कमा फौजदारी अभियोगहरू अघि सारिएसँगै उनी अमेरिकी इतिहासमै फौजदारी मुद्दा सामना गर्ने पहिलो बहालवाला वा पूर्व राष्ट्रपति बनेका छन्।उनीविरूद्धको मुद्दाको विस्तृत विवरण अझै खुलाइएको छैन।
ती अभियोगहरू एकजना पूर्व पोर्नस्टार स्टोर्मी ड्यान्यल्सलाई पैसा दिइएको विषयसँग सम्बन्धित छ।सन्दिग्ध सम्बन्धका विषयमा मौन रहनका लागि ड्यान्यल्सलाई १ लाख ३० हजार अमेरिकी डलर दिइएको विषयमा अनुसन्धान गरेपछि एक ग्र्याण्ड जुरीले उनलाई मुद्दा चलाउन मिल्नेगरी मतदान गरेको थियो।
सन् २०१६ को राष्ट्रपतीय निर्वाचनअघि ट्रम्पसँग सम्बन्ध रहेको भनिएको विषयलाई लिएर मौन रहनका लागि ड्यान्यल्सलाई पैसा दिइएको आरोप लगाइएको छ।
ड्यान्यल्सले पूर्वराष्ट्रपतिसँग आफ्नो “व्यभिचारपूर्ण सम्बन्ध” रहेको र आफूलाई मौन रहनका लागि पैसा दिइएको दाबी गरेकी छन्।ट्रम्प पुन: राष्ट्रपतिमा उठ्न खोजिरहँदा यी अभियोजनहरू चलाइएका हुन्।
अदालती कारबाही कस्तो हुन्छ?
म्यानहटनस्थित सरकारी वकिलको कार्यालयले ट्रम्पको आत्मसमर्पणका लागि सहजीकरण गर्न समन्वयका लागि उनका वकिललाई सम्पर्क गरिएको बताएका छन्।
अदालतमा ट्रम्पको औँलाका छाप, अभियोजन प्रक्रियाका लागि तस्बिर र डीएनएको नमूना लिइनेछ।त्यसपछि उनले न्यायाधीशहरूसामु ती अभियोगलाई लिएर अपिल गर्न सक्नेछन्।
जुन अवस्थामा सम्भवतः ट्रम्पलाई जमानत दिइनेछ।सुनुवाइका क्रममा यस मुद्दामा उनीविरूद्धका अभियोगहरू पढेर सुनाइनेछ जुन १० देखि १५ मिनेटसम्मको हुनेछ।
त्यहाँ प्रदर्शनकारीहरू भेला हुनसक्ने अवस्थाका लागि न्यूयोर्क प्रहरीले सुरक्षा योजना बनाएको छ।अमेरिकामा बहालवाला तथा पूर्व राष्ट्रपतिहरूको सुरक्षाको लागि जिम्मेवार रहने सिक्रेट सर्भिसले अदालतमा हुने उपस्थितिमा सुरक्षाको मुख्य काम गर्नेछ।
ट्रम्प के भन्छन्?
सामाजिक सञ्जालमा यसबारे प्रतिक्रिया दिँदै ७६ वर्षीय ट्रम्पले आफू निर्दोष रहेको कुरा दोहोर्याएका छन्।उनले अभियोगहरूलाई ‘राजनीतिक उत्पीडन र चुनावी हस्तक्षेप’ बताएका छन्।
फ्लोरिडामा बस्ने पूर्वराष्ट्रपति आउँदो सोमवार न्यूयोर्क आउने र मङ्गलवार अदालतमा प्रस्तुत हुने अपेक्षा गरिएको यस विषयसँग जानकार दुई स्रोतले बीबीसीको अमेरिकी साझेदार सीबिएस न्यूजलाई बताएका छन्।ट्रम्पका छोरा एरिकले यो ‘चुनावी वर्षमा राजनीतिक विपक्षीको अवसर हेरेर बनाइएको निशाना’ भनेका छन्।
ट्रम्पका उपराष्ट्रपतिका रूपमा काम गरेका माइक पेन्सले ग्र्याण्ड जुरीको कदमलाई एउटा काण्ड बताएका छन्।एक टेलिभिजन अन्तर्वार्तामा चुनावी अभियानको पैसाको विषयमा उठेको प्रश्न अभियोजनयोग्य नरहेको पेन्सले बताएका छन्।यस कदमले देशलाई थप विभाजित पार्न सघाउने उनले बताएका छन्।(बीबीसी)
क्याटेगोरी : बिबिध, विश्व बजार
ताजा अपडेट
- ‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा
- क्षमतावान् जनशक्ति उत्पादन र उपयोगमा जोड
- वायुसेवा निगमको व्यावसायिक सुधारका लागि सबै एकतावद्ध हुनुपर्छः मन्त्री तामाङ
- झापामा अज्ञात व्यक्तिको आक्रमणबाट विद्यार्थी घाइते
- मिडियाको सबलीकरण र श्रमजीवी पत्रकारको हित प्रवर्द्धन सँगसँगै अघि बढाउन प्रयासरत छौँ: सञ्चारमन्त्री शर्मा
- इच्छाशक्ति हुने हो भने बजेट आफै व्यवस्थापन हुन्छ: उपप्रधानमन्त्री लामिछाने
- गर्मी बढेपछि बालबालिकामा सङ्क्रामक रोगको समस्या बढ्यो
- वैशाख २३ गते मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया