सगरमाथा क्षेत्रमा तीन सय बढी पदयात्री अलपत्र
सोलुखुम्बु,चैत १४
सगरमाथा पदयात्रा मार्गमा पदयात्रमा निस्किएका तीन सयभन्दा बढी पदयात्री अलपत्र परेका छन । खुम्बु क्षेत्र भ्रमणका लागि आएका मध्ये लुक्लामा मात्र एक सय १९ जना विदेशी पदयात्री अलपत्र परेको बताइएको छ । अकस्मात रूपमा नेपाललाई लकडाउनका घोषणा गरेका कारण उनीहरू अलपत्र परेका हुन् । लकडाउनका कारण यातायात, होटेल तथा अन्य सबै सेवा बन्द भएपछि पदयात्री अलपत्र परेका बताइएको छ । लुक्लामा रहेका ट्रेकिङ गाइड रमेश तामाङका अनुसार ११९ विदेशी पदयात्री लुक्लामा रोकिएका छन् । उनिहरू सुरक्षितरूपमा फर्किन पाउने प्रतीक्षामा रहेको उनले बताए । अकस्मात घोषणा भएको लकडाउनका कारण यसअघि नै पदयात्रामा निस्किएका पर्यटक अलपत्र परेका छन । उनीहरूलाई उद्धारका लागि सुरक्षा निकाय, स्थानीय सरकार र अन्य सरोकारवालासँग अनुरोध गरिएको उतामाङको भनाइ छ । लुक्लाभन्दा माथि विभिन्न स्थानमा दुई सय हाराहारी पर्यटक अलपत्र परेको तामाङको भनाइ छ । उनिहरूको यकिन तथ्याङ्क सङ्कलनको कामसमेत भइरहेको उनको भनाइ छ । पर्वतारोहणको सिजन भएकाले यो समयामा हजारौँ पर्यटक सगरमाथा आधार शिविरसम्म पदयात्रा निस्कन्छन् । तर, कोरोना भाइरसको संक्रमणका कारण यो वर्षको मुख्य पर्यटकीय सिजन भने प्रभावित बनेको छ । खुम्बु पासाङ ल्हामु गाउँपालिकाले पर्यटकबाट शुल्क लिने गरेकाले अलपत्र पर्यटकको उद्धारमा समेत गाउँपालिकाले पहल लिनुपर्ने पर्यटन व्यवसायीहरूको भनाइ छ । पर्यटक अलपत्र भइरहेकको अवस्थामा यता गाउँपालिकाले भने उद्धारको पहल भइरहेको बताएको छ । गाउँपालिका प्रवक्ता लाक्पाछिरी शेर्पाले उदारका लागि पहल भइरहेको बताए । पर्यटन मन्त्रालय र गृह मन्त्रालयमा यस विषयमा कुरा गरिएको उनको भनाइ छ । तर, अन्तर्राष्ट्रिय उडान नै बन्द रहेको अवस्थामा पर्यटकलाई काठमाडौँ पु¥याउँदैमा समस्याको समाधान नहुने उनले बताए ।
शेर्पाले अहिले यसको एकिन तथ्याङ्क नआएकाले करिब दुई सयको हाराहारीमा पर्यटक खुम्बु क्षेत्रमा रहेको बताए । पर्यटकहरू लुक्लाबाट काठमाडौँ गए पनि अन्तर्राष्ट्रिय उडान समेत बन्द रहेको अवस्थामा काठमाडौँभन्दा लुक्लामा नै सुरक्षित रहेको उनको तर्क छ । अहिले पर्यटक उनीहरू सुरक्षितरूपमा होटलमा बसिरहेको उनले जानकारी दिए । काठमाडौँ गएर पनि उनिहरू स्वदेश फर्किन नपाउने भएकाले पनि अलिहे केन्द्र सरकारको निर्णयअनुसार नै आफुहरूले पर्यटकलाई स्थानीयस्तरमै सुरक्षित स्थानमा बस्न आग्रह गरेको प्रवक्ता शेर्पाले बताए । सरकारले केही निर्णय गरेर उद्धारका लागि हेलिकप्टर वा जहाज पठाएमा तुरुन्तै उद्धार हुने उनले बताए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- शुन्य दशमलव शुन्य सात अंकले उक्लियो सेयर बजार
- धनुषामा पानीको अभाव भएपछि दमकलले पानी वितरण गरिँदै
- आगामी बजेटले जोखिममा परेका महिला, बालबालिकालाई समेट्छ : मन्त्री चौधरी
- बझाङ उपनिर्वाचनः एमालेका भण्डारी विजयी
- काठमाडौं महानगरद्वारा मटिहानीका आगलागी पीडितलाई १० लाख सहयोग
- छिमेकको छोरीको हत्या गरेको आरोपमा आमाछोरी पक्राउ
- जिप दुर्घटनामा एक महिलाको घटनास्थलमै मृत्यु
- तिब्बतसँगको व्यापारिक सम्बन्ध नयाँ उचाइमा पुग्ने मन्त्री भण्डारीको विश्वास
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया