काठमाण्डौं,चैत २०
पुरानो सिनामंगलस्थित पाँचतारा बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । विषम परिस्थितिका बाबजुद संस्थाले ६३औं राष्ट्रिय सहकारी दिवस तथा संस्थाको १३औं स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको हो । संस्थाले विगत १० वर्षदेखि उक्त अवसर पारेर निरन्तर रक्तदान कार्यक्रम गर्दै आएको छ । विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) को महामारीबाट बच्न र बचाउन सरकारले मुलुकभर लकडाउन गरेको अवस्थामा संस्था आसपास रहेका सीमित सदस्यरुको सहभागितामा भए पनि रक्तदान कार्यक्रम सम्पन्न गरिएको संस्थाका अध्यक्ष भोलानाथ पाठकले बताए । रक्तसञ्चार केन्द्रले रगतको अभाव भएकाले संघसंस्थाहरूलाई रक्तदानका लागि आह्वान गरेको हुँदा विषम परिस्थितिमा विद्यमान रहे पनि अति आवश्यक मानवीय सहयोग पु¥याउन कार्यक्रम गरिएको उनले जनाए ।
‘विगत वर्षहरूमा संस्थाको आयोजनामा हुने रक्तादानमा एक सय ५० भन्दा बढी रक्तदाता जुट्ने गरेकोमा यस वर्ष ३२ जना मात्र रक्तदानमा सहभागी भए’, पाठकले भने । स्वयमसेवी रक्तदाताहरूको संगठन ब्लड डोनर्स एसोसिएसन नेपाल (ब्लोदान) र काठमाडौं जिल्ला बचत तथा सहकारी संघ लि. (कास्कुन)को संयोजनमा गत वर्ष ६२औं राष्ट्रिय सहकारी दिवसको अवसर पारेर गत वर्ष उक्त दिन नै बुधबारे रक्तदान कार्यक्रम शुरु गरिएको थियो । त्यस क्रममा ३६ वटा रक्तदान आयोजना भई सो वार्षिक कार्यक्रम समापन भएको समेत घोषणा गरिएको छ । रक्त सञ्चार केन्द्रले समन्वय गर्न चाहेमा साप्ताहिक वा मासिकरूपमा रक्तदान गर्नका लागि संस्थाले स्थान उपलब्ध गराउन सकिने अध्यक्ष पाठकले जानकारी दिए । संस्थाले स्थापना दिवसको अवसर पारेर हरेक वर्ष सहकारी व्यक्ति व्यक्तित्वहरूलाई सम्मान कार्यक्रम गर्ने गरेको भए पनि यसपटकको विशेष कार्यक्रम स्थगित गरेको उनले बताए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- पर्यटन क्षेत्रका नीतिगत व्यवस्थालाई सुधार गरी लगानीमैत्री बनाउछौं: मन्त्री तामाङ
- महोत्तरीमा दिनहुँजसो आगलागी
- शुन्य दशमलव शुन्य सात अंकले उक्लियो सेयर बजार
- धनुषामा पानीको अभाव भएपछि दमकलले पानी वितरण गरिँदै
- आगामी बजेटले जोखिममा परेका महिला, बालबालिकालाई समेट्छ : मन्त्री चौधरी
- बझाङ उपनिर्वाचनः एमालेका भण्डारी विजयी
- काठमाडौं महानगरद्वारा मटिहानीका आगलागी पीडितलाई १० लाख सहयोग
- छिमेकको छोरीको हत्या गरेको आरोपमा आमाछोरी पक्राउ
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया