Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रविधि / शिक्षारामपुर क्याम्पसमा नेविसंघले लगाएको ताला प्रहरीले फुटायो

रामपुर क्याम्पसमा नेविसंघले लगाएको ताला प्रहरीले फुटायो


चितवन। नेविसंघले विगत एक महिनादेखि चितवनको रामपुर क्याम्पस खैरहनीमा लगाएको ताला प्रहरीले सोमबार दिउँसो फुटाएको छ । क्याम्पस प्रशासनले मनपरी ढंगले निर्वाचन गराएको भन्दैं नेविसंघले चैत २३ गतेदेखि क्याम्पसमा तालावन्दी गरेको थियो ।

प्रशासनिक कामहरु ठप्प भएको, लामो समयसम्म पठनपाठन हुन नसकेर परीक्षासमेत हुन नसकेको भन्दैं विद्यार्थीहरुले गुनासो गरेपछि जिल्ला प्रशासन कार्यालयको निर्देशनमा प्रहरीले ताला फुटाएको हो । ताला फुटाएपछि विद्यार्थीहरुको पठनपाठन र परीक्षाका कामहरु अगाडि बढाउने क्याम्पस प्रशासनले बताएको छ ।


क्याटेगोरी : प्रविधि / शिक्षा, समाचार

तपाईको प्रतिक्रिया