Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठपालिका समाचारगाउँ पालिकासु–शासनयुक्त प्रशासनिक सेवामा जोड

सु–शासनयुक्त प्रशासनिक सेवामा जोड


बुटवल । रैनादेवी छहरा गाउँपालिका, पाल्पाले सु–शासनयुक्त र भष्ट्राचार मुक्त सेवालाई विशेष प्राथमिकताका साथ अगाडी बढाएको छ । गाउँपालिकाका अध्यक्ष रुक्मागत भट्टराईका अनुसार स्थानीय सरकार जनताको नजिकको चिमोट्ने सरकार भएकोले जनतालाई स्थानीय सरकारको अनुभूति मिल्ने गरी सु–शासनयुक्त र भ्रष्टाचार मुक्त सेवालाई विशेष जोड दिइएको हो ।

अध्यक्ष भट्टराईले सु–शासन स्थापित नभएसम्म विकास निर्माणको क्षेत्रमा अगाडी बढ्न नसकिने बताए । समाजमा अराजकता मौलाउँदै स्थानीय सरकारप्रति जनताको वितृष्णा बढ्दै जानुका साथै विकास निर्माण अनिश्चित बन्ने हुँदा जनसमस्याहरु समाधानका लागि सु–शासनयुक्त र भ्रष्टाचारमुक्त सेवालाई प्राथमिकताको केन्द्रमा राखेको उनले बताए । यस्तै गुणस्तरीय शिक्षा मार्फत नमूना विद्यालयहरु निर्माण, प्रभावकारी स्वास्थ्य, १२ महिना चल्न सक्ने सडक सञ्जाल, सम्भावनाका श्रोतहरु अध्ययन र कार्यान्वयन, हावापानी अनुकूलको कृषि उत्पादन, एक घर एक स्वच्छ पिउने पानीको धारा लगायतका योजना पनि अघि सारेको उनले जानकारी दिए ।

यस्तै निःशुल्क स्वास्थ्य परीक्षण, पालिकामा कार्यरत सरकारी कर्मचारीहरुले सरकारी शिक्षा संस्थामै अध्ययन गराउनु पर्ने व्यवस्था, पर्यटकीय क्षेत्रहरु रैनादेवी मन्दिर, देलुङ्गा, कालिका मन्दिर मुझुङ जस्ता क्षेत्रहरुको प्रवर्द्धनात्मक विकास, करको दायरा वृद्धि, कृषि विकासका लागि सुन्तला तथा अमिलो जातका फलफूल, टिमुर, अम्रिसो, दालचिनी, आलु, आँप, अन्य तरकारी वाली लगायतका हावापानी र स्थान विशेष कृषि उत्पादनको पकेट क्षेत्रहरु निर्माण गरी जनताको आर्थिकस्तर उकास्ने कार्यमा आवश्यक रणनीति अवलम्बन गर्दै कार्यसम्पादनमा जोड दिएको अध्यक्ष भट्टराईले बताए ।

हातमा सीप भएका र विदेशमा गएर सीप सिकेर आएका युवाहरुलाई रोजगारी दिनुका साथै स्वरोजगार बनाउन आवश्यक गृहकार्य गरेको उनले जानकारी दिए । अध्यक्ष भट्टराईले चालु आर्थिक बर्षमा ठुला योजनाहरुमा तान्सिङ्गल, सर्देवा, सातमुरे गुल्मी जोड्ने सडक, ध्वजाबान्ने, भुवनपोखरी, तालपोखरा हुँदै अर्घाखाँची जोड्ने सडक, छहरा, सालझण्डी अन्तरगतको रुपन्देही जोड्ने सडक महत्वपूर्ण तीन जिल्ला जोड्ने सडक निर्माण कार्य भैरहेको बताए ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेश सारुले चालु आर्थिक बर्षमा करिब ८० प्रतिशत भन्दा बढी योजनाहरु सम्पन्न भइसकेको जानकारी दिए ।


क्याटेगोरी : पालिका समाचार, गाउँ पालिका
ट्याग : #Page 7

तपाईको प्रतिक्रिया