काठमाडौं । नेपाल बीमा प्राधिकरणको ५५औँ वार्षिकोत्सवका अवसरमा आइतबार काठमाडौंमा प्रभातफेरी कार्यक्रम आयोजना भएको छ । काठमाडौंको भद्रकालीबाट सुरु भएको प्रभातफेरी -याली सुन्धारा, एनएसी, रत्नपार्क हुँदै भृकृटीमण्डपमा पुगेर सभामा परिणत भएको थियो ।
सभालाई सम्बोधन गर्दै नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले प्राधिकरण र बीमा कम्पनीहरूको एउटै उद्देश्य जनतालाई बीमाको महत्वका बारे जानकारी दिई सेवा पु-याउनु रहेको बताए । उनले बीमा सेवा पु¥याउन सम्बन्धित सबै हातेमालो गरेर अगाडि बढ्नुपर्ने बताए ।
अध्यक्ष सिलवालले भने, ‘पछिल्ला दुई वर्षमा बीमासम्बन्धी जनचेनता अभिवृद्धिले फड्को मारेको छ । जुनरूपमा बीमा सचेतनाले व्यापकता पाएको छ, त्यहीरूपमा बीमा कम्पनीहरू आम जनतासम्म पुग्नु प-यो, बीमा सेवा उपलब्ध गराउनु प-यो र सेवा दीगो हुनु प-यो । कम्पनीहरूले बीमालेखलाई समयानुकूल परिमार्जन गर्नु प-यो, बीमितलाई थप सुविधाको व्यवस्था गर्नु प-यो ।’ अध्यक्ष सिलवालले नागरिकलाई बीमाको दायरामा ल्याउन बीमाक्षेत्रसँग जोडिएका सबैको साथ सहयोग आवश्यक पर्ने बताए ।
कार्यक्रममा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेल, निर्देशक सुशील देव सुवेदी, निर्देशक पुजन ढुङ्गेल (अधिकारी), निर्देशक दिनेश कुमार लाल र कर्मचारीहरू, बीमा कम्पनी र पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरू तथा कर्मचारीहरू, जीवन बीमक संघ, नेपाल बीमक संघ, बीमा सर्भेयर संघ र पेसागत बीमा अभिकर्ता संघका पदाधिकारीहरू तथा सञ्चारकर्मीहरूलगायतको सहभागिता रहेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- वैशाख २३ गते मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने
- नेकपा एमाले पर्साको अध्यक्षमा डा. विश्वम्भर शर्मा निर्विरोध चयन
- एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौँ महानगर
- पोलियोविरुद्ध खोप देशभरि बालबालिकालाई लगाइँदै
- रासायनिक विषादीको प्रयोग घटाउन ‘आइपिएम’ कृषक पाठशाला
- प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न आग्रह
- शान्ति समाजद्वारा श्रमजीवी पत्रकारको सुरक्षा हुनुपर्नेमा जोड
- लोकतन्त्रमा मात्रै सञ्चार क्षेत्रको विकास एवं प्रवर्द्धन सम्भव छ: सभामुख घिमिरे
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया