निक्षेपकर्ताको रकम झिक्ने शाखा प्रमुखसहित नौ जना पक्राउ
काठमाडौं, बैंक खातामा रहेको रकम हिनामिना गर्ने शाखाप्रमुखसहित नौ जनालाई प्रहरीले पक्राउ गरेको छ । एभरेष्ट बैंकको इटहरी शाखामा बचतकर्ताले जम्मा गरेको एक करोड ५० लाख २३ हजार चार सय ३४ रुपैयाँ हिनामिना भएपछि शाखाप्रमुख सिन्धुपाल्चोक बाह्रबिसे–८ घर भएका ४२ वर्षीय विश्वराज शाक्यसहित नौ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरूमा शाक्यसँगै बैंकको उदयपुर गाईघाट शाखाका अपरेसन इन्चार्ज विराटनगर– ८ का ३४ वर्षीय निरज प्रधान, इटहरी शाखाका सुपरभाइजर ३७ वर्षीय धावा लामा, बैंकका कनिष्ठ सहायकहरू २७ वर्षीय मनोज घिमिरे, २७ वर्षीय देवराज शर्मा र २७ वर्षकै रञ्जित पण्डित, इटहरी शाखाकी टेलर ३० वर्षीय पवित्रा कटुवाल, धनुसाको मिथिला नगरपालिका– ११ का ३४ वर्षीय शंकर भुजेल र भक्तपुरको सूर्यविनायक नगरपालिका– २ का २७ वर्षीय अजय खिउजु रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
उनीहरूले ३३ जना निक्षेपकर्ताले जम्मा गरेको एक करोड ५० लाख २३ हजार चार सय ३४ रुपैयाँ हिनामिना गरेका हुन् । पछिल्लो पाँच महिनामा ३३ जना ग्राहकको खाताबाट कनेक्ट आईपीएसमार्फत ५९ पटकमा सो रकम निकालेको देखिएको छ ।
क्याटेगोरी : सुरक्षा अपराध
ट्याग : #Page 1, #page 2
ताजा अपडेट
- ‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा
- क्षमतावान् जनशक्ति उत्पादन र उपयोगमा जोड
- वायुसेवा निगमको व्यावसायिक सुधारका लागि सबै एकतावद्ध हुनुपर्छः मन्त्री तामाङ
- झापामा अज्ञात व्यक्तिको आक्रमणबाट विद्यार्थी घाइते
- मिडियाको सबलीकरण र श्रमजीवी पत्रकारको हित प्रवर्द्धन सँगसँगै अघि बढाउन प्रयासरत छौँ: सञ्चारमन्त्री शर्मा
- इच्छाशक्ति हुने हो भने बजेट आफै व्यवस्थापन हुन्छ: उपप्रधानमन्त्री लामिछाने
- गर्मी बढेपछि बालबालिकामा सङ्क्रामक रोगको समस्या बढ्यो
- वैशाख २३ गते मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया