चीनले विश्वको पहिलो फाइभ–जी क्रुज पानीजहाज ल्याउँदै
काठमाडौं,चीनले सन् २०२३को अन्त्यसम्म घरेलुरूपमा निर्मित विश्वको पहिलो फाइभ–जी क्रुज जहाज ल्याउँदै छ । जसलाई अडोरा म्याजिक सीटी भनिनेछ । जहाजको यो नाम शुक्रबार सांघाईमा अनावरण गरिएको थियो । जहाज यस वर्षपछि डेलिभर हुने बताइएको छ ।अडोरा म्याजिक सिटीले पूर्वी र पश्चिमी संस्कृतिहरू मिश्रण गर्नेछ भने यात्रामा अद्वितीय क्रुज अनुभव प्रदान गर्ने बताइएकोे छ ।
क्रुज टेक्नोलोजिज विकास कम्पनी र सांघाई वाइगाक्यूओ जहाज निर्माण कम्पनीद्वारा संयुक्तरूपमा डिजाइन र निर्माण गरिएको यो जहाज तीन सय २३ दशमलव छ मिटर लम्बाइको छ । यसले पाँच हजार दुई सय ४६ यात्रुसहित एक लाख ३५ हजार पाँच सय टन भार क्षमता राख्दछ ।
जहाजको सफलतापूर्वक डेलिभरीपछि सांघाई बन्दरगाह र छिमेकी देशहरूबीच अन्तर्राष्ट्रिय मार्गहरूको युग सुरु हुने विश्वास गरिएको छ । यससँगै चीन र अन्य देशहरूबीच सांस्कृतिक आदानप्रदान बढाउन सहयोग पुग्ने चिनियाँ अधिकारीहरूले बताएका छन् ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- नेपालमा बीमा कम्पनीहरूको वास्तविकता
- न्युयोर्कमा इही कार्यक्रम २०२४ सम्पन्न
- आर्थिक प्रगति र समृद्धि सपना मात्रै
- नेपाल इञ्जिनियरिङ कलेजका पूर्वअध्यक्ष न्यौपानेलाई तीन वर्ष कैद, २५ करोड जरिवाना
- सबै नागरिकलाई कोषको पेन्सन योजनामा समेट्ने तयारी
- वैदेशिक लगानीका लागि सरकारी प्रयासको प्रशंसा
- इलाम उपनिर्वाचन : एमाले उम्मेदवार नेम्बाङ मतान्तर बढाउँदै
- बझाङ उपनिर्वाचन : कांग्रेस उम्मेदवार सिंहको अग्रता कायमै
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया