मधेस प्रदेश सरकारमा जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् पुनर्गठन
मधेस प्रदेश सरकारमा नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी) सहभागी भएपछि मन्त्रिहरुको जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् पुनर्गठन गरिएको छ ।
मुख्यमन्त्री सरोजकुमार यादवको सिफारिसमा प्रदेश प्रमुख हरिशङ्कर मिश्रले मन्त्रीहरुको जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् पुनर्गठन गरेको । पुनर्गठित मन्त्रिपरिषद्मा मुख्यमन्त्री यादवलाई गृह, सञ्चार तथा कानुन, वन तथा वातावरण र श्रम तथा यातायात मन्त्रीको समेत जिम्मेवारी दिइएको छ ।
त्यसैगरी कृष्णप्रसाद यादव भौतिक पूर्वाधार विकास मन्त्रालय, सञ्जयकुमार यादव अर्थ मन्त्रालय, महेशप्रसाद यादव शिक्षा तथा समाज कल्याण मन्त्रालय, गोविन्दबहादुर न्यौपाने भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, बसन्तकुमार कुसवाहा मन्त्री विनाविभागीय, सुरिताकुमारी साह मन्त्री विनाविभागीय, वीरेन्द्रप्रसाद सिंह स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, सिंगासन सा कलवार ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालय, सुनिता यादवलाई उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।
त्यस्तै शेख अबुल कलाम आजाद र सञ्जयकुमार यादवलाई विनाविभागीय राज्यमन्त्रीका रुपमा र रहबर अन्सारीलाई उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयमा राज्यमन्त्रीको जिम्मेवारी दिइएको प्रदेश प्रमुखको कार्यालयबाट जारी विज्ञप्तिमा जनाइएको छ ।
यसैबीच मुख्यमन्त्री सरोजकुमार यादवले केन्द्रीय सत्ता गठबन्धनका सबै दलहरुसँग छलफल जारी रहेकाले नमिलेका कुराहरु मिलाएर एक हप्ताभित्र सरकारले पूर्णता पाउने बताए ।
शपथग्रहणपछि सञ्चारकर्मीसँग मुख्यमन्त्री यादवले सत्ता गठबन्धनका शीर्ष नेताबीचको सहमतिअनुसार हाल कांग्रेस र एकीकृत समाजवादीलाई सरकारमा सहभागी गराइएको, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र विनाविभागीय मन्त्रीहरुको जिम्मेवारीका विषयमा सबै दलसँगको छलफलपछि टुङ्गोमा पुगिने जानकारी दिए । रासस
क्याटेगोरी : मधेश प्रदेश
ताजा अपडेट
- कांग्रेसको अवरोधपछि प्रतिनिधि सभा बैठक स्थगन
- कांग्रेसको अवरोधपछि राष्ट्रियसभा बैठक स्थगन
- सगरमाथा आधार शिविरतर्फ पठाइयो ‘विश्व शान्ति दीप’
- तीन विदेशी महिला दुई केजी छ सय ५४ ग्राम लागुऔषधसहित पक्राउ
- विकासलाई अगाडि बढाउन राष्ट्रिय शक्तिलाई निर्णायक तहमा पुर्याउनुपर्छ: अध्यक्ष ओली
- आन्दोलनरत आम सम्पर्क मञ्च र भन्सा कार्यालय बिच बार्ता
- पूर्वप्रधानसेनापति सिंहको निधन
- भारतद्वारा इरान बन्दरगाह सम्झौतामा अमेरिकी प्रतिबन्धको धम्की अस्वीकार
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया