फ्लेमिङ कलेज क्यानडाको इन्फर्मेसन सेसन हुने
काठमाडौं । फ्लेमिङ कलेज क्यानडाको इन्फर्मेसन सेसन क्यान कन्सल्टिङ सर्भिसेजमा हुने भएको छ । उच्च शिक्षा हासिल गर्न क्यानडा जान चाहने विद्यार्थीहरूका लागि क्यान कन्सल्टिङ सर्भिसले नयाँ बानेश्वरस्थित आफ्नौ कार्यालयमा आगामी आइतबार उक्त कार्यक्रम गर्न लागेको हो ।
सो कार्यक्रममा फ्लेमिङ कलेजका इन्टरनेसनल रिक्रुटमेन्ट अफिसर समीर जावेद र क्यानका सिनियर स्टुडेन्ट रिक्रुटमेन्ट कन्सल्ट्यान्ट हरि खत्रीले क्यानडा र फ्लेमिङ कलेजका अवसरहरूबारे विद्यार्थीलाई परामर्श गराउने छन् । विगत दश वर्षदेखि क्यानडा उच्च शिक्षा रोज्ने अन्तर्राष्ट्रिय विद्यार्थीहरूका लागि उत्कृष्ट शैक्षिक गन्तव्य बन्दै आएको छ । शिक्षाको उच्चस्तर र कम खर्चमा उच्च जीवनयापनको कारण विद्यार्थीहरू अन्य विकसित राष्ट्रभन्दा क्यानडालाई मन पराउँछन् । मानव अधिकारको उच्च कदर हुने राष्ट्र, विश्वभर मान्यताप्राप्त शैक्षिक प्रणाली, अध्ययनपछिको अवसर, अन्तर्राष्ट्रिय नागरिकलाई स्वागत र प्रवासी नेपालीको दिगो विकासका कारण हाल नेपाली विद्यार्थीहरूको माझ क्यानडा उत्कृष्ट शैक्षिक गन्तव्य बनेको संस्थाको भनाइ छ ।
फ्लेमिङ कलेजले गुणस्तरीय शैक्षिक वातावरण तर्जुमा गरी अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई आवश्यक सेवासुविधासहित सहयोग गरिरहेको छ । क्यानडामा अध्ययन गर्नका लागि क्यान कन्सल्टिङ सर्भिसेजले विद्यार्थीहरूलाई राम्रो शैक्षिक परामर्श प्रदान गर्ने गरेको छ । क्यानका काउन्सलरहरू अनुभवी र प्रोफेसनल भएकाले बिद्यार्थीहरूलाई शैक्षिक परामर्श, क्यानडा अध्ययन भिसा प्रक्रियालगायतको सेवामा क्यान टिम उत्कृष्ट रहेको संस्थाको दाबी छ ।
क्याटेगोरी : प्रविधि / शिक्षा
ट्याग : #page 3
ताजा अपडेट
- ‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा
- क्षमतावान् जनशक्ति उत्पादन र उपयोगमा जोड
- वायुसेवा निगमको व्यावसायिक सुधारका लागि सबै एकतावद्ध हुनुपर्छः मन्त्री तामाङ
- झापामा अज्ञात व्यक्तिको आक्रमणबाट विद्यार्थी घाइते
- मिडियाको सबलीकरण र श्रमजीवी पत्रकारको हित प्रवर्द्धन सँगसँगै अघि बढाउन प्रयासरत छौँ: सञ्चारमन्त्री शर्मा
- इच्छाशक्ति हुने हो भने बजेट आफै व्यवस्थापन हुन्छ: उपप्रधानमन्त्री लामिछाने
- गर्मी बढेपछि बालबालिकामा सङ्क्रामक रोगको समस्या बढ्यो
- वैशाख २३ गते मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया