त्रिभुवन विश्वविद्यालय र आइडिया स्टुडियोबीच सम्झौता
काठमाडौं । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकाय र आइडिया स्टुडियो नेपालबीच शैक्षिक उद्यमशीलता र नवप्रवर्तनलाई बढावा दिने उद्देश्यले समझदारी पत्रमा हस्ताक्षर भएको छ । सहकार्य शिक्षा, अनसुन्धान र बलियो उद्यमशील प्रणालीको विकासका लागि गर्न लागेको जनाइएको छ ।
नेपालको उद्यमशील प्रणालीमा सहकार्य गरी अनसुन्धान गर्ने उद्देश्यले समझदारीलाई अघि बढाइने जनाइएको छ । विश्वविद्यालय र आइडिया स्टुडियो नेपालले स्टार्टअप प्रणालीमा सामुदायिक संलग्नतालाई प्रोत्साहन गर्दै उद्यमशीलता र नवप्रवर्तनका फाइदाबारे सचेतना जगाउन स्थानीय समुदायसँग सक्रियरूपमा सहभागी भई काम गर्ने जनाइएको छ । दुवै संस्थाले आकांक्षी उद्यमीलाई वित्तीय र बैैंकिङ साक्षरता कार्यक्रम, बीज लगानी सहजीकरण, सहुलियत र वित्त लगानीका अवसर जुटाउन सहयोग गर्नेछ । विश्वविद्यालय, व्यवस्थापन संकायका डिन प्राडा डिल्लीराज शर्माले आइडिया स्टुडियो नेपालसँगको सहकार्य विद्यार्थी र संकाय सदस्यमा उद्यमशीलता एवं नवप्रवर्तनलाई महत्वपूर्ण कदम हुने बताए । ‘हाम्रो संयुक्त प्रयासमार्फत हामी एक गतिशील उद्यमशील प्रणाली सिर्जना गर्ने लक्ष्य राख्छौँ, जसले रचनात्मकतालाई पोषण दिन्छ, सहयोगलाई बढावा दिन्छ र दिगो विकासको लागि मार्ग प्रशस्त गर्दछ’, उनले भने ।
आइडिया स्टुडियो नेपालका कार्यकारी अध्यक्ष डा छिरिङ लामाले साझेदारीले आशाको सञ्चार गरेको बताए । ‘समझादारीले नयाँ आविष्कार र दिगो व्यावसायिक अभ्यास गर्नेतर्फ रोमाञ्चक यात्राको सुरुवात गरेको छ, हाम्रो विशेषज्ञताको सदुपयोग र संकायसँग सहकार्य गरेर यसको व्यवस्थापन हुनेछ’, उनले भने । समझदारीले आगामी पुस्ताका उद्यमीलाई सकारात्मक सामाजिक र आर्थिक परिवर्तन गर्न प्रेरित एवं सशक्तीकरण गर्न सहयोग मिल्ने जनाइएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- देशमा लगानीको वातावरण बन्दै गएको छ स् अध्यक्ष अग्रवाल
- बझाङमा उत्साहपूर्वक मतदान हुँदै
- कृषि र उत्पादनमूलक क्षेत्रमा कोरिया जाने पर्खाइमा रहेकाहरूलाई क्षेत्र परिवर्तन गर्ने मौका
- अमेरिकालाई ‘सीमा’ ननाघ्न चीनको चेतावनी
- शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु
- सुदूरपश्चिम, गण्डकी र कोशी प्रदेशका केही स्थानमा हुरीबतासको चेतावनी
- आज इलाम र बझाङमा उपनिर्वाचन
- पाठ्यक्रममै प्रविधिको विकास गरौँ
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया