सेयर बजार राताम्मै
३८ अंकले ओरालो लाग्दा दुई अर्ब ३१ करोडको सेयर खरिद–बिक्री
काठमाडौं,सेयरबजार परिसुचक घटेर राताम्मै भएको छ । बजेट घोषणापछिको आज दोस्रो दिन बुधबार बजार परिसुचक पुन ३८ दशमलव ८३ अंकले ओरालो लागेर १८ सय ४९ दशमलव ७९ बिन्दुमा झरेको छ । अघिल्लो दिन पनि बजार परिसुचक ५३ दशमलव १६ अंकले ओरालो लागेको थियो । आज बुधबार क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि सात दशमलव २८ अंकले ओरालो लागेर तीन सय ५३ दशमलव ४३ बिन्दुमा झरेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज १३ वटा उपसमुमहरु अन्र्तगत दुई सय ६२ वटा कम्पनीहरुको सेयर कारोबार भएको छ । जसबाट ३६ हजार आठ सय ९३ पटकको कारोबारमा ८७ लाख ३६ हजार एक सय २८ कित्ता सेयर किनबेच भएका छन् । सोही किनबेचका आधारमा आज कुल कारोबार रकम दुई अर्ब ३१ करोड ५१ लाख ६९ हजार पाँच सय ७१ रुपैंयाँ कायम भएको छ ।
धितोपत्र बजारमा आज कारोबार भएका कुल उपसमुहहरु मध्ये बाँणिज्य बैंक, बिकास बैक, फाईनान्स, जलबिद्युत, निर्जिवन बीमा, जीवन बीमा सहितका १३ वटै समुहहरुको सुचक उच्च अंकले ओरालो लागेर सेयर बजार पुरै रातो भएको छ ।
क्याटेगोरी : शेयर बजार
ताजा अपडेट
- इलाम उपनिर्वाचनको मतगणना सुरु
- नेपाल उदार आर्थिक नीतिप्रति प्रतिबद्ध छ: प्रधानमन्त्री
- तेस्रो लगानी सम्मेलनमा सहभागी अतिथिहरु
- राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश २०८१ जारी
- नेपाल सरकार मुलुकमा लगानीमैत्री वातावरण निर्माण गर्न प्रतिवद्ध छ: अध्यक्ष ढकाल
- नेपाल राष्ट्र बैंकको ६९औँ वार्षिकोत्सव सम्पन्न
- एनआईसी एसिया बैंकमा खनिया सहायक प्रमुख कार्यकारी अधिकृतमा बढुवा
- धेरै रेमिट्यान्स भित्र्याउने बैंक तथा वित्तीय संस्थामा ग्लोबल आईएमई बैंक
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया