Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठपालिका समाचारगाउँ पालिकासुन्तला खेतीबाट किसानलाई मनग्य आम्दानी

सुन्तला खेतीबाट किसानलाई मनग्य आम्दानी


चितवन । इच्छाकामना गाउँपालिकाका किसानले सुन्तला खेतीबाट मात्रै मनग्य आम्दानी लिने भएका छन् । यस वर्षमात्रै यहाँ रहेका चार सय ५० भन्दा बढी किसानले रु. १० करोड आम्दानी लिने भएका हुन् ।

अहिले किसानको बारीबाट रु. ७५ देखि ९० सम्ममा सुन्तला बिक्री हुने गरेको छ । यस वर्ष ८० हेक्टर क्षेत्रफलमा सुन्तलाखेती गरिँदै आएको र त्यसमध्ये ६० हेक्टर क्षेत्रफलमा सुन्ताला उत्पादन भएको शाखाका प्रमुख आशिष त्रिपाठीले बताएका छन् ।

गत वर्ष कृषि ज्ञान केन्द्रबाट सुन्तला खेती क्षेत्र विस्तार कार्यक्रमअन्तर्गत पाँच हजार एक सय बिरुवा लगाइएको थियो । सो कारणले गत वर्षको तुलनामा क्षेत्रफल बढे पनि उत्पादन हुने क्षेत्रफल विस्तार हुन नसकेको उनले बताए ।

शाखा प्रमुख त्रिपाठीले गत वर्ष यहाँ एक हजार छ सय ५० मेट्रिकटन सुन्तला उत्पादन भएकामा यस वर्ष घटेर एक हजार पाँच सय मेट्रिकटन उत्पादन भएको बताए । जिल्लाको एकमात्र पहाडी क्षेत्र रहेको इच्छाकामना गाउँपालिका र भरतपुर महानगरपालिका–२९ को पहाडी क्षेत्रमा सुन्तला उत्पादन हुँदै आएको छ ।


क्याटेगोरी : सहकारी–कृषि, गाउँ पालिका

तपाईको प्रतिक्रिया