Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसहकारी–कृषिललितपुरका सहकारीमा कोर बैंकिङ प्रणाली प्रयोग गर्ने सम्झौता

ललितपुरका सहकारीमा कोर बैंकिङ प्रणाली प्रयोग गर्ने सम्झौता


काठमाडौं । सहकारी संस्थालाई सफ्टवेयरलगायत डिजिटल सेवा सुविधा प्रदान गर्दै आइरहेको इन्फोडेभलपर्स प्रालि र ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडबीच कोर बैकिङ प्रणाली (इन्फिनिटी) प्रयोग गर्ने समझदारी भएको छ ।

लगनखेलस्थित संघको कार्यालयमा इन्फोडेभलपर्सका तर्फबाट सेल्स म्यानेजर अनिशकुमार झा र ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडका कोषाध्यक्ष बसन्त मालीले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् । सहकारी क्षेत्रलाई प्रविधिमैत्री बनाउनका साथै स्वनियम र सुशासन कायम राख्न सहयोग पुर्याउँदै आएको उत्कृष्ट सफ्टवेयर कम्पनीसँग साझेदार हुन पाएकोमा ललितपुर जिल्ला संघका कोषाध्यक्ष वसन्त मालीले खुसी व्यक्त गरेका छन् ।

ललितपुर जिल्ला संघका व्यवस्थापक सन्तोष बजगाईँ र सहायक व्यवस्थापक भीम खड्काले यस साझेदारीले ललितपुरका सहकारीलाई डिजिटाइज एवम् स्वचालित बनाउने बताएका छन् । इन्फोडेभलपर्सका सेल्स म्यानेजर अनिशकुमार झाले सहकारी क्षेत्रको स्वामित्व, विकास र उत्कृष्टताका लागि यो साझेदारी कोशेढुङ्गा सावित हुने आशा व्यक्त गरेका छन् । साथै, आगामी दिनमा अन्य जिल्ला सहकारी संघहरूसँग समेत सहकार्य गर्दै जाने उनले बताए ।

कार्यक्रममा ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडका व्यवस्थापक सन्तोष बजगाईँ र सहायक व्यवस्थापक भीम खड्का, इन्फोडेभलपर्सका तर्फबाट सेल्स अफिसर श्रीधन डंगोलको समेत उपस्थिति थियो । सन् २००२ मा स्थापना गरिएको इन्फोडेभलपर्स प्रालि, सहकारी र बैंक तथा वित्तीय संस्थाहरूको लागि कोर बैकिङ प्रणाली, मोबाइल बैकिङ तथा स्वचालित कार्यालय सञ्चालन प्रणाली विकास गर्ने अग्रगामी फिनटेक कम्पनी हो । इन्फिनिटी सहकारीका लागि कोर बैंकिङ प्रणाली (सिबिएस) हो जसले सहकारीहरूलाई प्रविधिमैत्री बनाउन सहयोग गर्छ । नेपाल सरकार, बैंक तथा वित्तीय संस्था, गैरसरकारी संस्था, सहकारी र बैंक तथा वित्तीय संस्थाहरूको लागि विभिन्न परियोजना, प्रोडक्ट र सेवा दिने इन्फोडेभलपर्समा तीन सय ५० बढी कर्मचारीहरूले इन्फोडेभलपर्समा काम गरिरहेका छन् ।


क्याटेगोरी : सहकारी–कृषि
ट्याग : #Page 7

तपाईको प्रतिक्रिया