नेपालको पहिलो अन्तर्राष्ट्रिय एओजी राइड : माक्र्यु राइड
काठमाडौं । नेपालका लागि टीभीएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले नेपालमा पहिलो अन्तर्राष्ट्रिय मार्की राइडको आयोजना गर्ने भएको छ । गत मार्चमा बाइकिङ प्रविधि प्रवद्र्धन गर्न अपाचे ओनर्स ग्रुप (एओजी) नामक फोरमको गठन गरेको थियो ।
सोही ग्रुपले पहिलो अन्तर्राष्ट्रिय मार्की राइडको आयोजना गर्दै आफ्नो उपस्थितिलाई नयाँ उचाइमा पु-याउने भएको हो । फागुन ११ गते बिहीबारबाट सुरु हुने अपाचे ओनर्स ग्रुप (एओजी)को माक्र्यु राइडमा नेपाल, भारत र बंगलादेशका राइडरहरु सहभागी हुनेछन् । उक्त यात्रा २१ दिन लामो हुने आयोजकले जनाएको छ ।
पहिलो दिन काठमाडौंबाट रक्सौल हुँदै भारत प्रवेश गर्ने यो यात्रा करिब छ हजार पाँच सय किलोमिटर लामो हुने अनुमान गरिएको छ । मानिस र मेसिनबीचको सम्बन्धलाई थप बलियो बनाउने उद्देश्यका साथ आयोजना हुनलागेको यो कार्यक्रममा विभिन्न मनोरञ्नात्मक गतिविधिहरू पनि समावेश छन् । कार्यक्रमका लागि पाँच सयभन्दा बढी अपाचे राइडरहरुले अनलाइन आवेदन दिएको कम्पनीले जनाएको छ ।
काठमाडौंबाट सुरु हुने यो राइड रक्सौल, गया, राउरकेला, सारंगढ, गोंदिया, अमरावती, औरंगाबाद, सातारा, गोवा, उडुपी, मैसूर, बंगलौर, तिरुपति, विजयवाडा, विशाखपटनम, ब्रह्मपुर, भद्रक, कोलकाता, भागलपुरबाट रक्सौल हुँदै काठमाडौंमा आएर सम्पन्न हुने बताइएको छ । राउरकेलामा नेपाल र बंगलादेशका राइडरहरूको भेट हुनेछ र राइडर्सहरू विभिन्न रुट हुँदै गोवा जानेछन् । यस्तै राइडरहरूले राइडको क्रममा भारतका विभिन्न ठाउँको भ्रमण पर्यटकीय क्षेत्रहरुको पनि भ्रमण गर्नेछन् । यस राइडको क्रममा मार्च ३ र ४ मा गोवामा मोटोसोल अल्टिमेट बाइकिङ फेस्टिभल हुनेछ, जहाँ विभिन्न बाइकिङ गतिविधिहरुका साथै गिगहरूमा र टीभीएसका उत्कृष्ट बाइक, बाइकिङ पोशाक र प्रविधिहरुको प्रदर्शनी गरिनेछ ।
माक्र्यु राइडमा चालक अनुमति प्रमाणपत्र भएका अपाचे राइडरहरुले भाग लिनका लागि आवेदन दिन पाउनेछन् । टीभीएसले अहिलेसम्म १२ वटा च्याप्टर राइड र १६ मार्शल राइड गरी २८ वटा राइड सफलतापूर्वक आयोजना गरेको छ । यी राइडहरु काठमाडौं, कोशी, गण्डकी, लुम्बिनी, बिर्तामोड, नारायणीलगायत देशका विभिन्न पर्यटकीय गन्तव्यमा सम्पन्न भएका थिए । अत्यधिक रुचाइएको यो अभियान नेपालका अन्य क्षेत्रमा पनि आयोजना गर्ने योजना रहेको कम्पनीले जनाएको छ ।
एओजीले विभिन्न आकर्षक र मनोरञ्जनात्मक कार्यक्रमहरूमार्फत युवाहरुको बाइकिङप्रतिको जोश मनाउने गरेको छ । स्थापनाको यति छोटो अवधिमा नै अपाचे ओनर्स ग्रुपले देशभरबाट सात सयभन्दा बढी सदस्यहरू बटुल्न सफल भएको छ ।
क्याटेगोरी : अटो बजार
ट्याग : #page 3
ताजा अपडेट
- आत्मनिर्भर अर्थतन्त्रमा नागरिक समुन्नति
- सन्दर्भ पार्टी परित्याग : सम्बन्धित सबैको होस खोल्ने नै छ
- महालेखाको प्राविधिक परीक्षण स्वागतयोग्य
- इको प्यानलद्वारा मजदुरको स्वास्थ्य परीक्षण
- ‘समिट वुमन अफ द इयर’ सम्पन्न
- फाप्लुको जंगलबीचमा बनेको वृद्धाश्रमको भवन अलपत्र
- पर्यटन प्रवर्द्धनको लागि हनुमन्ते डाँडामा मेला
- जनसचेतन साकोसको आयोजनामा रक्तदान
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
तपाईको प्रतिक्रिया