Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगसेन्साइको दशैं–तिहार योजना सार्वजनिक

सेन्साइको दशैं–तिहार योजना सार्वजनिक


काठमाडौं । जापानमा इन्जिनियरिङ गरिएको नेपाली इलेक्ट्रोनिक्स ब्राण्ड सेन्साइले ‘यो दशै–तिहार, हरेक दिन टीभी उपहार’ नामक योजना सार्वजनिक गरेको छ ।

योजनाअन्तर्गत सेन्साइ ब्राण्डका कुनै पनि सामानको खरिदमा लक्की ड्रमार्फत ४० दिनसम्म ४० भाग्यशाली ग्राहकहरूले प्रत्येक दिन सेन्साइको २४ इन्चको टीभी उपहार जित्न सक्ने बताइएको छ । सेन्साइका ग्राहकले आफूलाई यो लक्की ड्रमा सहभागी गराउन दिइएको क्युआर कोड स्क्यान गरेर प्राप्त भएको फोर्ममा नाम, ठेगाना, फोन नम्बर र खरिद गरिएको सामान तथा वारेण्टी कार्ड नम्बरजस्ता विवरण भर्नुपर्ने बताइएको छ ।

कम्पनीले सामान खरिद गर्ने ग्राहकका लागि फ्रि डेलिभरी, फ्रि इन्स्टलेसन सुविधा पनि प्रदान गरेको जनाएको छ । त्यसैगरी शून्य प्रतिशतमा फाइनान्स सुविधा, पुराना भएका सामान फेरबदल गरी नयाँ सामान लैजान चाहनेका लागि एक्सचेन्ज अफर सुविधा पनि रहेको कम्पनीले जनाएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया