नेपालमै पहिलो पटक ‘स्काई रेस पिके पिक प्रतियोगिता’ हुने
सोलुखुम्बु । सोलुखुम्बुको फाप्लुमा नेपालमै पहिलो पटक ‘स्काई रेस पिके पिक ट्रेल रनिङ प्रतियोगिता’ हुने भएको छ । फाप्लुमा बुधबार पत्रकार सम्मेलनको आयोजना गरी कोलम्बिया स्पोर्टस वेयर नेपालको सहयोगमा नेपाल ट्रेल सिरिजले आगामी शुक्रबार प्रतियोगिता गर्ने जानकारी दिईएको हो ।
नेपालमा अन्तर्राष्ट्रियस्तरको स्काई रेस प्रतियोगिता गर्नुको साथै खेलकुद पर्यटन प्रवर्द्धनमा सहयोग गर्ने उद्देश्यले यस रेस गर्न लागिएको रेस व्यवस्थापक प्रिति खत्रीले जानकारी दिइन् । रेसमा ५५ किमीको स्काई अल्ट्रा, ३३ किमीको ट्रेल रेस र ५ किमीको फन रन हुनेछ । करिब २ हजार मिटरको उचाई फाप्लुबाट सुरु हुने रेस लोदिङ हुँदै ४१ सय मिटरको उचाईमा रहेको पिके पार परेर पेमा डाँडा, जुनबेशी, थुक्तेछोलिङ, सिमसरी डाँडा, रिङमु हुँदै फाप्लुमै आएर समापत हुने जनाइएको छ । सोलुदुधकुण्ड नगरपालिका ४ फाप्लुबाट सुरु हुने रेस प्रतियोगितामा करिब ६० जना राष्ट्रिय तथा अन्तर्राष्ट्रिय धावकहरूले सहभागिताका लागि नाम दर्ता गराएको आयोजकले जनाएको छ ।
आयोजकका अनुसार १० देशका २० अन्तर्राष्ट्रिय धावक समेत सहभागि हुनेछन् । भियतनाम, अमेरिका, नेदरल्याण्ड्स, युक्रेन लागयतका धावकको सहभागिता हुने बताईएको छ । प्रतियोगितामा प्रथम द्वितीय र तृतीय हुने महिला र पुरुष धावकहरूले क्रमशः समान ३० हजार, २० हजार र १० हजार नगद प्राप्त गर्नेछन् । उक्त पुरस्कार सोलुदुधकुण्ड नगरपालिकाले प्रायोजक गरेको आयोजक नेपाल ट्रेल सिरिज काठमाडौँले जनाएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #Page 8
ताजा अपडेट
- कोशीमा बजेट विधेयक पारित
- कुटपिटबाट २६ वर्षीय युवाको मृत्यु, घटनामा संलग्न सात जना पक्राउ
- राष्ट्रपतिसँग प्रधानमन्त्री प्रचण्डको शिष्टाचार भेट
- इन्टरपोलको भिडियो प्रतियोगितामा नेपाल सर्वोत्कृष्ट
- हजार र पाँच सयका नक्कली नोटसहित एक युवा पक्राउ
- तीन महिने अभियानलाई जसपाले निरन्तरता दिने
- मङ्सिर २३ गते परराष्ट्रमन्त्री साउद कतार जाँदै
- ट्याक्टरबाट लडेर एक जनाको मृत्यु
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
तपाईको प्रतिक्रिया