Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगचांगान औपचारिकरूपमा थाइल्याण्डमा सञ्चालन

चांगान औपचारिकरूपमा थाइल्याण्डमा सञ्चालन


काठमाडौँ । प्रख्यात चिनियाँ अटोमेकर कम्पनी चांगानले थाइल्याण्डको बैंककमा औपचारिकरूपमा आफ्नो सेवा सञ्चालनमा ल्याएको छ । कम्पनीले दक्षिणपूर्वी एसियाली पत्रकार सम्मेलनको आयोजना गरी आधिकारिक उपस्थितिको सुरूवात गरेको जनाएको हो ।

चांगानले दक्षिण पूर्वी एसिया डिभिजन र स्थानीयकृत अपरेसनका लागि तीन स्थानीय कम्पनीहरू चांगान अटोमोबाइल दक्षिणपूर्वी एसिया, चांगान थाइल्याण्ड सेल्स र चांगान थाइल्याण्ड पार्ट्सको स्थापना गरेको जनाएको छ । कम्पनीले थाइल्याण्डमा नवीन ऊर्जामा आधारित सवारी उत्पादन गर्न आधारस्थलको निर्माण पनि सुरू गरेको उल्लेख गरेको छ । प्रेस सम्मेलनका क्रममा चांगनले दक्षिण पूर्व एसियामा आफ्नो विस्तार योजनाहरूको विस्तृत जानकारी गराउँदै ‘व्यापार प्लस आधार’ रणनीतिमा जोड दिने जनाएको थियो । यस्तै, उत्कृष्ट उत्पादन ब्रान्डहरू डीपल, अवतार र नेभोको परिचय समेत गराएको थियो ।

कम्पनीले थाइल्याण्डका अग्रणी वितरण साझेदारहरूसँग सहकार्य गर्ने, ‘नम्बर वन प्रोजेक्ट’ को थाई संस्करण सुरू गर्ने, प्रयोगकर्ता सेवाहरू बढाउने र ईएसजी निर्माणलाई सुदृढ गर्दै थाइल्याण्डको औद्योगिक विकासमा योगदान गर्ने लक्ष्य राखेको छ । चांगान अटोमोबाइलका अध्यक्ष झु ह्वारोङले थाइल्याण्डको अटोमोटिभ उद्योग र चांगानको नयाँ ऊर्जा रणनीतिक विकाससँगै जाने बताए । उक्त कार्यक्रममा कम्पनीले दुईवटा गाडीहरू डीपल एल ०७ र डीपल एसएल ०७ को पनि अनावरण गरेको थियो । यी दुई गाडीहरू प्रि–अर्डरका लागि उपलब्ध छन् तर आधिकारिकरूपमा भने नोभेम्बर २९ मा थाइल्याण्ड अटो सोमा लञ्च हुने कम्पनीले जनाएको छ । योसँगै अविताले पनि थाइल्यान्डमा पहिलो पटक आफ्नो प्रमुख मोडेलहरू अविता ११ र अविता १२ को सोही इभेन्टमा प्रदर्शन गरेको थियो ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया