Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगश्री एयरलाइन्सले ८० सिट क्षमताका थप दुई जहाज भित्र्यायो

श्री एयरलाइन्सले ८० सिट क्षमताका थप दुई जहाज भित्र्यायो


काठमाडौँ । निजी क्षेत्रको श्री एयरलाइन्सले ८० सिट क्षमताका थप दुई जहाज काठमाडौँ अवतरण गराएको छ । एयरलाइन्सले क्यानडाको डी हाभिलैण्ड अफ क्यानडाद्वारा निर्मित ‘ड्यास एट’ जहाज ल्याएको छ ।

श्री एयरलाइन्स लिमिटेडका संस्थागत प्रबन्धक अनिल मानन्धरले ती जहाजको कलसाइन नाइनएन–एओके र नाइनएन–एओएल रहेको जानकारी दिए। ती जहाज यसअघि अमेरिकाको होराइजन एयर र अलास्का एयरले उडाएको थियो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणको प्रक्रिया पूरा गरेर थपिएका दुवै जहाज चाँडै व्यावसायिक उडानमा लगिने संस्थागत प्रबन्धक मानन्धरले बताए । योसँगै श्री एयरलाइन्ससँग अब १० जहाज उपलब्ध छन् । कम्पनीका हाल आठ हेलिकोप्टर पनि सञ्चालनमा छन् ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया