Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगकोषको ‘सीआईटी स्मार्ट मोबाइल एप’ सञ्चालनमा

कोषको ‘सीआईटी स्मार्ट मोबाइल एप’ सञ्चालनमा


काठमाडौ  । नागरिक लगानी कोषले ‘सीआईटी स्मार्ट मोबाइल एप’ सञ्चालनमा ल्याएको छ । यो मोबाइल एप एनड्रोइड तथा आईओएस भर्सनमा हेर्न सकिन्छ । योभन्दा अघि एन्ड्रोइडमा मात्रै यो सुविधा रहेको थियो । कोषले सहभागीहरूको सहजताका लागि नयाँ परिष्कृत मोबाइल एप सञ्चालनमा ल्याएको हो ।

नयाँ मोबाइल एपसँगै पुरानो मोबाइल एपमा दर्ता भएका सहभागीहरूको युजर नेम र पासवर्ड परिवर्तन भएको छ । परिवर्तित युजर नेम र पासवर्ड सबै पुराना एप प्रयोगकर्ताको मोबाइलमा एसएमएसमार्फत जानकारी गराइएको कोषले जनाएको । त्यसैगरी ई–सर्भिसमा दर्ता भएका सहभागीहरूलाई स्वतः नयाँ मोबाइल एपमा आबद्धता गराइएको छ । इ–सर्भिस पोर्टलकै युजर नेम र पासवर्ड मोबाइल एपमा लगइन गर्न सक्ने व्यवस्था कोषले गरेको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया