Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगफोर्डको बीएस–६ मा विशेष अफर

फोर्डको बीएस–६ मा विशेष अफर


काठमाडौं, असार १४
फोर्डको नेपालको लागि आधिकारिक बिक्रेता जीओ अटोमोबाइल्स प्रालिले उपभोक्ताको सन्तुष्टिलाई ध्यानमा राख्दैे पछिल्लो बीएस–६ कम्प्लेन्ट फोर्ड २०२० मा विशेष अफर ल्याएको छ । यसअन्तर्गत कम्पनीले ग्राहकलाई १० वर्षसम्मको फाइनान्स सुविधा, ३० प्रतिशत डाउन पेमेन्ट , स्थगित भुक्तानी सुविधा, परिवारको लागि कोभिड विमा सुविधा, विशेष नगद छुट, एक वर्षको बीमा, एक्सचेन्जको सुविधा, लोएल्टी बोनसका साथ ३ वर्ष वारेन्टी, ३ वर्षको निःशुल्क सर्भिसिङका साथ अन्य सुविधा उपलब्ध गराएको छ । १० वर्षको फाइनान्स सुविधाले ग्राहकलाई भुक्तानी गर्न पर्याप्त समय दिन्छ साथै मासिक किस्ता कम हुने गर्दछ ।

कम्पनीको अनुसार अहिले यो अफर नेपाली बजारमा सबैभन्दा राम्रो हो किनकि फोर्डको २०२०मा बनेका बीएस६अन्तर्गत गाडीमा यो अफर मान्य छ । जीओ अटोमोबाइल्सले फोर्ड अनलाइन शोरुम पनि संचालन गरिरहेको छ, जहाँ ग्राहकले सो–रुम नआइकनै अनलाइनमार्फत चाहेको सवारी साधनको विशेषताहरु वुझ्न तथा हेर्न सकिन्छ । शोरुममा रहेका प्रतिनिधिसँग अनलाइन सबै बुझ्न सकिन्छ र यसको सहायताले ग्राहकलाई आफ्नो रोजाइँको गाडी खरिद गर्न सम्भव बनाएको कम्पनीले जनाएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया