Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगछोटो स्टेमसहितको ओप्पो टीडब्ल्यूएस इयरफोन्स

छोटो स्टेमसहितको ओप्पो टीडब्ल्यूएस इयरफोन्स


काठमाडौं, असार १६
गत मार्च महिनामा ओप्पोले नेपालमा आफ्नो पहिलो टीडब्ल्यूएस इयरफोन, एन्को फ्रि सार्वजनिक गरेको छ । गत बर्षको डिसेम्बर महिनामा पहिलो पटक यो उत्पादन सार्वजनिक गरिएको थियो । यसलगत्तै कम्पनीले लगातार हियरेबल्स मार्केटको बजार हिस्सा हात पार्ने सोचका साथ थप इयरबड्स पनि सार्वजनिक गरिसकेको छ । यही क्रममा ओप्पो–ब्राण्डेड ट्रुलि वायरलेस इयरबड्स चाइनिज प्याटेन्ट अफिस (सीएनआईपीए)सँग प्याटेन्ट गरिएको छ ।

प्याटेन्ट गरिएको इयरबड्समा इन–इयर डिजाइनका साथै यही महिनाको सुरुवातमा चीनमा सार्वजनिक गरिएको एन्को डब्ल्यू५१ टीडब्ल्यूएस ईयरफोन्समा झैँ स्टेमको प्रयोग गरिएको छ । यी दूई उत्पादनमा रहेका प्रमुख भिन्नताको कुरा गर्नुपर्दा प्रमाणित यस मोडलमा एन्को डब्ल्यू५१को तुलनामा छोटा स्टेमको प्रयोग गरिएको छ । इयरबड्को पछिल्तिरको भागमा हल्का घुमाउरो डिजाइन प्रदान गरिएको छ । साथै यसमा, गोलाकारमा सुनौलो रिंग र सम्भवतः न्वाइज क्यान्सिलेसनका लागि एउटा कट–आउट डिजाइन पनि अपनाइएको छ ।

प्रमाणीकरण सूचीमा इयरबड्ससम्बन्धी विस्तृत विवरण दिइएको छैन । तथापि, यसमा एक्टिभ न्वाइज क्यान्सिलेसन तथा डिप बासलगायत फिचर्सहरु उपलब्ध हुने अनुमान गरिएको छ । छोटो स्टेमलाई दृष्टिगत गर्दै यसमा रहेको माइक्रोफोन पनि निकै संवेदनशील हुने अनुमान लगाउन सकिन्छ । साथै, ब्ल्यूटूथ ५.०, आईपी वाटर रेसिस्टेन्स रेटिङ र सम्भावित टिकाउ ब्याट्री लगायत साधारण फिचर्स यसमा हुने निश्चित प्राय छ । साथै, डिजाइनमा चार्जिङ केसमार्फत इयरबड्स चार्ज गर्न यसमा रहेका छोटा स्टेममा उक जोडी पोगो पिन्सको ब्यवस्था समेत हुने अनुमान सहजै लगाउन सकिन्छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया