Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगसामसङले आफ्ना चार स्मार्टफोनको मूल्य घटायो

सामसङले आफ्ना चार स्मार्टफोनको मूल्य घटायो


काठमाडौं, असार १८
सामसङले आफ्नो ४ स्मार्टफोन मोडलहरुमा मूल्य कम गरेको छ । कम्पनीले सामसङ ग्यालेक्सी नोट १० लाइट, ग्यालेक्सी ए७१, ग्यालेक्सी ए५१ र ग्यालेक्सी ट्याब ए १०.१ को मूल्य घटाएको छ । कम्पनीका अनुसार पहिले ६७ हजार नौ सय ९९ रुपैयाँ रहेको सामसङ ग्यालेक्सी नोट १० लाइट अब ५८ हजार ९ सय ९९ रुपैयाँमा पाइने भएको छ । कम्पनीले यसमा ८ हजार ६ सय रुपैयाँको छुट उपलब्ध गराएको छ ।

ग्यालेक्सी नोट १० लाइटमा ट्रिपल क्यामेरा, छ दशमलव सात इन्च डिस्प्ले, एयर एक्सन रहेको एस–पेन, सुपर फास्ट चार्जिङ भएको ४ हजार ५ सय मेगाहर्ज ब्याट्री र १ जीबीसम्म एक्स्पान्डेबल सुविधासहित १२८ जीबी स्टोरेज रहेको छ । त्यसैगरी, खरिदकर्ताहरुलाई आकर्षित गर्न कम्पनीले ग्यालेक्सी ए७१ को मूल्य ४९ हजार नौ सय ९९ रुपैयाँ कायम गरिएको छ । यसअघि ए ७१ को मूल्य ५३ हजार ५ सय ९९ रुपैयाँ थियो ।

कम्पनीले ए७१ मा ग्राहकहरुलाई तीन हजार ६ सय रुपैयाँ छुट दिएको हो । यसमा रहेको उत्कृष्ट १६ दशमलव ९५ सीएम डिस्प्लेले आकर्षक भिडियो क्वालिटी दिन्छ र साथै उत्कृष्ट ६४ एमपी क्यामेराले तस्बिरहरु जीवन्त खिच्छ । साथै ग्यालेक्सी ए५१ को नयाँ मूल्य ३९ हजार नौ सय ९९ रुपैयाँ कायम गरिएको छ । ए५१ मा कम्पनीले ग्राहकरुलाई एक हजार तीन सय रुपैयाँ छुट दिएको छ । यसअघि ए५१ को मूल्य ४१ हजार दुई सय ९९ रुपैयाँ थियो । ग्यालेक्सी ए५१ मा रहेको १६ दशमलव ४० सीएम डिस्प्लेमा आकर्षक भिडियो क्वालिटी देख्न सकिन्छ ।

साथै, ४८ एमपी क्युड क्यामेराबाट उत्कृष्ट फोटो र भिडियो खिच्न सकिन्छ । ग्यालेक्सी ट्याब ए १०.१ मा कम्पनीले २ हजार रुपैयाँ क्यासब्याक अफर ल्याएको छ जसकारण यसको मूल्य अब ३२ हजार दुई सय ९९ रुपैयाँ कायम भएको छ । यसअघि यसको मूल्य ३४ हजार दुई सय ९९ रुपैयाँ थियो । यसमा रहेको २५ दशमलब ५४ सिएम डिस्प्ले र किड्स मोडका कारण यो बालबालिकाहरुको लागि उपयुक्त रहेको कम्पनीको दाबी छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया