Techie IT
×
गृहपृष्ठकर्पोरेटशनिबार ‘टीभीएस रेसिङ’ हुने

शनिबार ‘टीभीएस रेसिङ’ हुने


काठमाडौं, पुस ११
आगामी शनिबार काठमाडौंको गुर्जुधारास्थित भेइकल एकेडेमी एन्ड रिसर्च सेन्टरमा बाइक रेसिङ प्रतियोगिता ‘टीभीएस रेसिङ’ हुने भएको छ । नेपाल रोड रेसिङ च्याम्पियनसिप २०१९ नामक सो प्रतियोगिताको मुख्य प्रायोजक नेपालमा टीभीएस बाइक तथा स्कुटरको आधिकारिक वितरक जगदम्बा मोटर्स रहेको छ ।

मोटर स्पोर्ट्स नेपालले आयोजना गर्न लागेको सो रेसिङ प्रतियोगितामा नोभिस, ओपन र नेसनल गरी तीन क्याटागोरीमा राइडरहरु सहभागी हुनेछन् । यसमा १ सय ५० देखि २ सय सीसीसम्मका बाइक गुडाइने छ । सो प्रतियोगितामा एक सय भन्दा बढी बाइक राइडरहरुले सहभागिता जनाउनेछन् । विभिन्न छनोट चरण पार गरेर अन्त्यमा विजेताको घोषणा गरिनेछ । च्याम्पियनसिपका लागि पेट्रोनस लुब्रिकेन्ट, गल्फ लुब्रिकेन्ट, क्यास्ट्रोल लुब्रिकेन्ट र एभरेष्ट लुब्रिकेन्टले समेत प्रायोजन गरेका छन् ।

लुब्रिकेन्ट कम्पनीहरुका अफिसियल राइडरहरु समेत प्रतियोगितामा सहभागी हुने मोटर स्पोर्ट्स नेपालका अध्यक्ष विनोद तण्डुकारले बताए । मेभोक्स हेलमेट र लिक्वि मोली लुब्रिकेन्ट तथा पार्ट्सले समेत प्रायोजन गरेको उक्त प्रतियोगितालाई राष्ट्रिय खेलकुद परिषद, माउन्टेन स्पोर्ट्स फेडरेसन र नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा)को समेत सहयोग रहेको छ ।


क्याटेगोरी : कर्पोरेट

तपाईको प्रतिक्रिया