परिसंघ र नेपाल बैंकर्स संघबीच समझदारीपत्रमा हस्ताक्षर
काठमाडौं, पुस १५
नेपाल उद्योग परिसंघ र नेपाल बैंकर्स संघबीच निजी लगानी प्रवद्र्धनमार्फत आर्थिक विकासमा सहकार्य गर्न समझदारीपत्रमा हस्ताक्षर गरेका छन् । परिसंघमा आयोजित कार्यक्रममा परिसंघका अध्यक्ष सतिश कुमार मोर र बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र प्रसाद ढुंगानाले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् । हस्ताक्षर समारोहमा परिसंघका अध्यक्ष सतिश कुमार मोरले समग्र लगानीको वातावरण बनाउन उद्योगी तथा बैंकहरु एक अर्काका परिपूरक भएकाले यो समझदारी महत्वपूर्ण रहको बताए । बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र प्रसाद ढुंगानाले बैंकिङ्ग क्षेत्रमा आएका नयाँ नयाँ व्यवस्थालाई लगानीमैत्री बनाउन आपसी सहकार्यले अर्थ राख्ने बताए ।
समझादारीअनुसार, उद्योग परिसंघ र बैंकर्स संघले दुबै पक्षको क्षमता अभिवृद्धिका लागि संयुक्त रुपमा अध्ययन, अनुसन्धान तथा तालिम कार्यक्रमहरु आयोजना गर्ने, वित्तिय तथा मौद्रिक नीति निर्माणका साथै सम्बन्धित ऐन नियमावलीको परिमार्जनमासाझा हितका विषयमा सरोकारवाहरुसँग सयुक्त रुपमा संवाद तथा छलफल गर्ने समझदारी गरेका छन् । समझदारीपत्रमा हस्ताक्षर समारोहमा परिसंघका पदाधिकारीहरु र बैंकर्स संघका पदाधिकारीहरुको उपस्थिति थियो ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- नेपालमा फेरि बढ्न थाल्यो कोभिड, नयाँ भेरिअन्ट आएको हुनसक्छ?
- वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि टेलिमेडिसिन सेवा सुरु
- बिग्रिए राष्ट्रिय पुस्तकालयका किताब, संरक्षणका लागि ८५ लाख माग
- अख्तियारको वार्षिक प्रतिवेदन संसद्मा पेश
- सांसदको एक स्वर:मिटरब्याज पीडितको समस्या समाधान गरौँ
- ब्रिटिश युवा पर्यटकलाई निरुत्साहित पार्दै एम्सटरडम
- बजेटका बेला आर्थिक प्रशासन अलमलमा पर्ने आशङ्का
- ‘पर्यटनमार्फत गण्डकीमा समृद्ध हासिल गछौँ’
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- सेयर लगानीकर्तालाई सचेतना तालिम आयोजना
तपाईको प्रतिक्रिया