फटाफट सेवा सञ्चालनमा, १० प्रतिशत कर फिर्तासँगै छुटमाथि छुट अफर

काठमाडौं ।
‘जे चाहिन्छ फटाफट पाइन्छ’ भन्ने नाराका साथ फटाफट सेवा बजारमा सुरु भएको छ । कोरोना कहरका बीच संक्रमण जोखिमलाई ध्यानमा राख्दै फटाफट सेवा डटकमको सुरुवात गरिएको हो । अंग्रेजी नयाँ वर्षको अवसर पारेर बजार उपस्थिति जनाएको फटाफट सेवाले छुटमाथि छुट अफर समेत सञ्चालन गर्ने बताएको छ । ‘जेन्युन’ मोबाइलका अतिरिक्त विभिन्न प्रकारका एक्सेसरिज, ग्याजेट तथा इलोक्ट्रोनिक सामानहरु अनलाइनमार्फत खरिद गर्न चाहनेहरुका लागि विभिन्न योजनासहित सेवा सुरु गरिएको फटाफट सेवाले जनाएको छ ।
फटाफट सेवा प्रालिले सञ्चालन गरेको इ–कमर्स प्लेटफर्ममा पुराना मोबाइल ल्याएर नयाँ मोबाइल साट्न सकिन्छ भने शून्य प्रतिशत ब्याजदर र डाउन पेमेण्टमा हरेक किसिमका विद्युतीय उपकरणहरु खरिद गर्न सकिन्छ । फटाफट सेवा प्रालिका अध्यक्ष जीवन श्रेष्ठका अनुसार अंग्रेजी नयाँ वर्षमा सेवा सुरु गरेको अवसरमा ग्राहकलाई सरल किसिमले किस्ताबन्दीमा सामान उपलब्ध गराउनुका साथै हरेक मोबाइलको बीमा सेवा सुरु गरिएको हो ।
अजोड इन्स्योरेन्ससँगको मोबाइल बीमा सम्झौताअनुसार फटाफट सेवाबाट खरिद गरिने हरेक मोबाइलको बीमा गरिने श्रेष्ठले जानकारी दिए । मोबाइल हराएको खण्डमा, डिस्प्ले फुटेको खण्डमा वा चोरी भएको खण्डमा सोबापतको क्षतिपूर्ति भुक्तान हुने अजोड इन्स्योरेन्सले जनाएको छ । छुटैछुट अफरअन्तर्गत फटाफट सेवाबाट कुनै पनि सामान खरिद गर्दा १० प्रतिशत ‘ट्याक्स रिफण्ड’को व्यवस्था गरिएको छ । यस्तो प्रकारको सुविधा नेपालमै पहिलोपटक प्रदान गर्न लागिएको फटाफट सेवाको दाबी छ ।
त्यसैगरी अनलाइन पेमेन्ट गर्नेहरुलाई १५ प्रतिशतसम्म छुटको व्यवस्था गरेको फटाफट सेवाले विभिन्न भुक्तानी सेवा प्रदायकहरुसँग सम्झौता गरे भुक्तानी सेवा सुचारु गरेको छ । फटाफट सेवाबाट खरिद गरेका सामग्रीहरुको भुक्तानी इ–सेवा, सेल पे, फोन पे, खल्ती तथा आईएमई पेमार्फत भुक्तानी गर्न सकिने र उक्त माध्यमबाट भुक्तानी गर्नेहरुलाई मात्र १५ प्रतिशत छुटको व्यवस्था गरिएको हो । यसका साथै कम्पनीले मोटरसाइकल तथा स्कुटर खरिद गर्नेहरुलाई १० हजार रुपैयाँदेखि ३९ हजार नौ सय ९९ रुपैयाँसम्म नगद छुटको व्यवस्था समेत गरेको छ ।
त्यस्तै फटाफटमार्फत मोबाइल खरिद गर्ने ग्राहकले १० हजार रुपैयाँसम्मको दुर्घटना उपचार खर्च समेत पाउने व्यवस्था गरिएको छ । यसका साथै ‘हट अफर’ अन्तर्गत ९० प्रतिशतसम्मको छुटमा सामान खरिद गर्न सकिनेछ । ग्राहकहरुले फटाफट सेवा डटकममा ‘एकाउण्ट’ खोल्दा ५०० रिवार्ड प्वाइन्टका साथै अरुलाई ‘रिफर’ गरेमा ५० रिवार्ड प्वाइन्ट प्राप्त गर्न सक्नेछन् । यसरी प्राप्त हुने रिवार्ड प्वाइन्टलाई फटाफटबाट सामान किन्दा एक रिवार्ड प्वाइन्ट बराबर एक रुपैयाँको दरले छुटको रुपमा प्रयोग गर्न सकिन्छ । विभिन्न समयमा सञ्चालन हुने अफरमा यस्तो रिवार्ड प्वाइन्टबाट मात्र पनि सामान खरिद गर्न सकिन्छ ।
यस्तै घर तथा कार्यालयबाट बिग्रेका मोबाइल संकलन गरी मर्मत गरेर डेलिभरी दिने सेवा पनि कम्पनीले दिनेछ । यसबाट मोबाइल मर्मत गर्न प्रयोगकर्ता मर्मत केन्द्रसम्म पुग्नु नपर्ने विश्वास कम्पनीको छ । मोबाइलका अतिरिक्त लत्ता कपडा, घरायसी सामग्री तथा विद्युतीय उपकरणहरु समेत उपलब्ध गराउँदै लैजाने कम्पनीको लक्ष्य रहेको बताएको छ । हाललाई वेब पोर्टलबाट मात्र सेवा सुरु गरेकोमा निकट भविष्यमा नै मोबाइल एप पनि सञ्चालनमा ल्याउने तयारी कम्पनीले जनाएको छ ।
क्याटेगोरी : कर्पोरेट
ताजा अपडेट
- सानिमा बैंक लिमिटेड र पाटन अस्पतालबीचको आर्थिक सम्झौता नवीकरण
- ज्योति विकास बैंकद्वारा सामरी स्वास्थ्य चौकीलाई बेबी वार्मर सहयोग
- नेपाल बैंकद्वारा फोन–पेको क्यूआर स्टेन्ड वितरण
- सिटिजन्स बैंकका ग्राहकहरूलाई सुप्रिम क्याफे एन्ड लाउन्जमा विशेष छुट
- सिद्धार्थ बैंकको कर्मचारी सहभागिता कार्यक्रमको नतिजा सार्वजनिक
- टेम्पोमा मेगा बैंकको क्यूआर कोड सुविधा
- रिम्याक अटोमोबिलीका मेट, जसले विद्युतीय हाइपर कार बनाउँछु भन्दा मानिसहरु हाँस्थे
- सडक निर्माणमा मोदी सरकारले कीर्तिमान बनायो
धेरैले पढेको
- भलबारी डिपोको पेट्रोल भण्डारण क्षमता तीन गुणाले वृद्धि
- जर्मन कम्पनीद्वारा विद्युतीय उपकरण प्रदान
- एकाएक ’हराए‘ चिनियाँ अर्बपति ज्याक मा !
- सरकारप्रति गम्भीर अविश्वास
- औद्योगिक विकासमा चारखम्बे रणनीतिक योजना
- फाइजर–बायोएनटेक खोपलाई विश्व स्वास्थ्य संगठनको अनुमति
- तामाकोशी नदीमा माछा मारेर गुजारा चलाउने माझीलाई पाचँ करोड राजस्व छलीको मुद्दा
- इन्टिग्रिटी आइकन नेपाल अवार्डबाट पाँच जना कर्मचारी सम्मानित
तपाईको प्रतिक्रिया