Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगरिचार्जरको भ्यालेन्टाइन अफर ५ हजार ९ सय ९९ रुपैयाँमा हेलिराइड

रिचार्जरको भ्यालेन्टाइन अफर ५ हजार ९ सय ९९ रुपैयाँमा हेलिराइड


काठमाडौं ।
नेपाली ईकमर्स मोबाइल एप रिचार्जरले भ्यालेन्टाइन्स डेको अवसर पारेर पोखरा हेलिराइड अफर सञ्चालनमा ल्याएको छ । रिचार्जरबाट पोखरा साइटसिन बुकिङ गर्नेले पाँच हजार नौ सय ९९ रुपैयाँमा पोखरासम्मको हेलिराइड पाउने अफर ल्याएको हो । अफरमा सहभागी हुनका लागि शुक्रबारदेखि नै कम्पनीले रिचार्जरको मोबाइल एपमा बुकिङ खुल्ला गरेको थियो ।

यसका साथै रिचार्जरले एपका नयाँ प्रयोगकर्तालाई दुई हजार क्यास प्वाइन्ट उपलब्ध गराउने भएको छ । यसका लागि गूगल प्ले तथा एप्पलको एपस्टोरबाट रिचार्जर डाउनलोड गरी खाता खोल्नुपर्ने हुन्छ । यसरी प्राप्त हुने क्यास प्वाइन्टलाई रिचार्जरबाट वस्तु तथा सेवा खरिद गर्दा छुटका रूपमा रिडिम गर्न सकिन्छ । साथै भ्यालेन्टान्स डेको अवसरमा रिचार्जरबाट गिफ्टहाम्पर प्याकेज, केक, रोज, पर्फ्युम, मोबाइल, ल्यापटपलगायतका ग्याजेट्स खरिद गर्दा आकर्षक छुटसमेत प्रदान गरिने रिचार्जरले जनाएको छ ।

कमजोर आर्थिक अवस्था भएकाहरूले रिचार्जरबाट शून्य प्रतिशत व्याजदरमा किस्ताबन्दीमा सामानहरू खरिद गर्न सक्छन् । किस्ताबन्दीमा सामान खरिद गर्नेहरूले पनि भ्यालेन्टान अफरका छुटहरू पाउने छन् । सबै अफरहरू भ्यालेन्टान्स डेको दिनसम्म मात्र लागू हुनेछ । विभिन्न किसिमका सेवाको बिलसमेत भुक्तानी गर्न सकिने रिचार्जरबाट मोबाइल रिचार्ज गर्दा शतप्रतिशत क्यास प्वाइन्ट पाउन सकिन्छ भने अन्य सेवाहरूको महसुल भुक्तानीमा पनि २० प्रतिशतसम्म क्यास प्वाइन्ट पाइन्छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया