Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगबिहीबार राजधानीमा छैठौं व्यवस्थापन तथा आईटीसम्बन्धी शैक्षिक मेला हुने

बिहीबार राजधानीमा छैठौं व्यवस्थापन तथा आईटीसम्बन्धी शैक्षिक मेला हुने


काठमाडौं ।
नेपालको शिक्षा उत्कृष्ट शिक्षा भन्ने मूलनाराका साथ आगामी बिहीबार राजधानीमा छैठौँ व्यवस्थापन तथा आईटीसम्बन्धी शैक्षिक मेला आयोजना हुने भएको छ । पाठशाला एजुकेसन फाउण्डेसनले फागुन ६ गते बिहीबार काठमाडौंको बानेश्वरस्थित एभरेष्ट होटलमा आयोजना गर्नलागेको शैक्षिक मेलामा एमबीए, एमबीएस, एमएससी, सीएसआईटी, बीबीए, बीएससी, सीएसआईटी, बीएलटी, बीआईएम, बीएचएम, बीबीआईएस, बीटीटीएम, बीबीएम, बीएचटीएम, बीएसडब्लु, बीबीएस, बीबीए बीआई, बीई, बीडीएफइन, बीडीइभ्सलगायतका शैक्षिक उपाधिहरू प्रदान गर्ने ३८ वटा शैक्षिक संस्थाहरूले सहभागिता जनाउने भएका छन् ।

नेपालमै व्यवस्थापन तथा आईटीतर्फ उच्च शिक्षामा गुणस्तरीय शिक्षा तथा कम खर्चमा अन्तर्राष्ट्रिय डिग्री हासिल गर्न सकिन्छ भन्ने कुरा यस संस्थाले विगतका शैक्षिक मेलाले प्रमाणित गरिसकेको छ । छैठौं शैक्षिक मेलामा यस वर्ष कक्षा ११, १२ अध्ययन गरिरहेको र कक्षा १२ को परीक्षा सकेर बसेका पाँच हजार विद्यार्थीको सहभागिता रहने पाठशालाका कार्यकारी निर्देशक सञ्जय मण्डलले बताए ।

यस वर्षको शैक्षिक मेलामा नेपाली विश्वविद्यालयबाट क्रमशः पोखरा विश्वविद्यालयका नौ शैक्षिक संस्था, त्रिभुवन विश्वविद्यालयका छवटा, पूर्वाञ्चल विश्वविद्यालयका तीनवटा, काठमाडौं विश्वविद्यालयका दुईवटा, मध्यपश्चिम विश्वविद्यालयका पाँचवटा नेपाली विश्वविद्यालयका कलेज, दुईवटा सीए र एक अन्य अध्यापन गराउने संस्थाहरूको सहभागिता रहनेछ । यस्तै १५ वटा विदेशी विश्वविद्यालयको कोर्ष पढाउने संस्थाहरू रहेका छन् । जसमा युके मलेसिया अमेरिकी विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेजहरूको सहभागिता रहने पाठशालाका कार्यकारी निर्देशक मण्डलले जानकारी दिए ।

यस वर्षको पाठशाला एजुकेसन फाउण्डेसनद्वारा आयोजित छैठांै नेपाल व्यवस्थापन र आईटी शैक्षिक मेला २०७७ को टाइटल स्पोन्सर नामी कलेज रहेको छ भने स्पोन्सरमा सन वे इन्टरनेशनल बिजनेस कलेज, काठमाडांै नेशनल कलेज इन एसोसिएसन विथ तथा मेलाको इभेन्ट मेनेजर इन्टरडक्सन टे«ड सो नेपाल प्रालि रहेको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया