Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगमोबाइल वर्ल्ड कंग्रेसमा प्राविधिक सफलता र साझेदारी प्रदर्शित गर्दै ओप्पो

मोबाइल वर्ल्ड कंग्रेसमा प्राविधिक सफलता र साझेदारी प्रदर्शित गर्दै ओप्पो


काठमाडौं ।
स्मार्ट उपकरण कम्पनी, ओप्पोले मोबाइल वल्र्ड कंग्रेस, शंघाई (एमडब्ल्यूसीएस) २०२१ मा आफूले सार्वजनिक गर्ने तयारी गरेका नवप्रवर्तनहरुबारे केही संकेत प्रस्तुत गरेको छ । फेब्रुअरी २३ देखि २५ सम्म ओप्पोले आफ्ना पार्टनर्सका साथमा फाइभजी स्पेसमा आफूले गरेका नयाँ परीक्षणका नतिजाहरु प्रस्तुत गर्नुका साथै, चार्जिङ प्रविधिमा भविष्यका विकासहरु, स्मार्टफोन अवधारणाहरु र इन्टरनेट अफथिङ्स (आईओटी) हरु प्रदर्शित गर्नेछ ।

ओप्पो एक्स २०२१ रोलेबल कन्सेप्ट स्मार्टफोनमार्फत ओप्पोले नयाँ ताररहित चार्जिङ प्रविधिहरु प्रदर्शित गर्नुका साथै भोक फ्ल्याश चार्जिङअन्तर्गत नयाँ विकासहरु ओप्पोले प्रदर्शित गर्नेछ । तर, तीमध्ये पनि सबैभन्दा रोचक दैनिकीमा उपयोग हुने हरेक किसिमका उपकरणलाई तीव्र गतिमा चार्ज गर्न सघाउने विश्वव्यापी पहलको प्रदर्शनी हुनेछ ।

सन् २०१४ मा आफ्नो पहिलो भोक प्रविधि सार्वजनिक गरेदेखि नै ओप्पोले फ्ल्याश चार्जिङ क्षेत्रको अगुवाइ गरिरहेको छ । एमडब्ल्यूसीएसले नवप्रवर्तन र साझेदारी प्रदर्शनीको अवसर प्रदान गर्दै भविष्यका लागि इकोसिस्टमको विस्तारमा सघाउँदै तुलनात्मक रुपमा पहिलेभन्दा व्यापक रुपमा अझ बढी व्यक्तिहरुमाझ पुग्न सघाउँछ ।

साथै सन् २०२० का असंख्य परीक्षणपश्चात् यसपटक चाइना यूनिकमबुथमा आगन्तुकहरुले ओप्पोको ५ जी एमएम–स्पिड टेस्टिङको प्रत्यक्ष प्रदर्शनको अवलोकन गर्न पाउनेछन् । ५जी एमएम–वेभले ५जी एप्लिकेसन्सका नयाँ पिँढीका लागि जग बसाल्नेछ । ओप्पोको ५जी सीपीईमा उपलब्ध गरिएको यो प्रविधि पनि एमडब्ल्यूसीएसमा प्रदर्शित गरिनेछ ।

ओप्पोको ५जी सीपीईले ५जी सिग्नललाई स्थिर र अतितीव्र वाइफाइ कनेक्सनमा परिणत गर्छ । एरिक्सनजस्ता उद्योगकै अग्रणी पार्टनर्ससँग सहकार्य गर्दै दुई नयाँ प्रोप्राइटरी एन्टेना सोल्युसन्सको विकासपछि ५जी सीपीईले भविष्यका घरका लागि उच्च गतिको कनेक्टिभिटीलाई वास्तविकतामा परिणत गरेको छ ।

ओप्पो बुथमा आउने आगन्तुकले यस्तै अनेकौँ प्रविधिहरु अवलोकन गर्न पाउने जानकारी दिइएको छ । ओप्पोका ग्लोबल मार्केटिङका अध्यक्ष विलियम ल्यूले भने, ‘ओप्पोका लागि आकाश नै सीमा हो । मोबाइल वल्र्ड कंग्रेस २०२१ शंघाईमा हामी नयाँ पुस्ताका चार्जिङ प्रविधिका साथै स्मार्टफोनबाट मल्टि इन्डष्ट्री सेक्टरमा ओप्पोको अग्रगामी कदमका बारेमा समेत जानकारी दिनेछौँ ।’


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया