Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगकुलप्याड कुल १० को नयाँ स्टोरेज भेरियन्ट नेपाली बजारमा

कुलप्याड कुल १० को नयाँ स्टोरेज भेरियन्ट नेपाली बजारमा


काठमाडौं ।
कुलप्याडले कुलप्याड कुल १० को नयाँ स्टोरेज भेरियन्ट नेपाली बजारमा सार्वजनिक गरेको छ । नेपालका लागि कुलप्याडको आधिकारिक आयातकर्ता तथा वितरक कम्पनी एसडी इन्टरनेशनल प्रालिले निकै लोकप्रिय मोडल कुल १० को नयाँ भेरियन्ट ल्याएको हो । यो फोनले अहिलेको कुल १० को जस्तै सबै समानताहरु प्रदान गर्दछ ।

फोनमा १२८ जीबीको आन्तरिक भण्डारण थप गरिएको छ । कुलप्याड कुल १० को नयाँ संस्करणको बजार मूल्य १८ हजार चार सय ९५ रुपैयाँ तोकिएको छ । यो फोन सुपथ मूल्यमा बजेट स्मार्टफोन खोज्ने जो कोहीलाई सस्तो विकल्पको रूपमा आएको छ । एसडी इन्टरनेशनलका जनरल म्यानेजर कर्पोरेट हेड उपेन्द्र शाहले नेपालीहरुले कुलप्याडका स्मार्टफोनहरु बजारमा निकै रुचाएकोले नयाँ भेरियन्ट ल्याएको जानकारी दिए ।

कम्पनीले बजारमा कुलप्याडका कुल ५, कुल एन सेभेन प्लस, कुल १० कुल एस कुल एक्स, कुल६ लगायतका फोनहरु बिक्री गरिरहेको उनको भनाइ छ । अहिलेको कुल १० को ४ जीबी -याम र १२८ जीबी स्टोरेजले ग्राहकहरुलाई सन्तुष्ट पार्ने उनले बताए । कुलप्याड कुल १० मा प्रिमियम ग्लास बडीको साथ एक भव्य आकर्षक देखिने फोन हो । यो केही राम्रो ढाँचा र स्लगहरूमा आउँछ जस्तै सिसेल सेतो र साइन्स निलो । यसमा लगभग शून्य बेजेलका साथमा ६.५२ इन्चको वाटर ड्रप एचडी प्लस डिस्प्ले उपलब्ध छ ।

कम्पनीका अनुसार फोनको पछाडि ट्रिपल क्यामरा सेटअप प्याक रहेको छ, जसमा १६ मेगापिक्सेलको अटोफोकस मुख्य क्यामराका साथै ०.३ मेगापिक्सेलको डेप्थ सेन्सर प्लस ०.३ मेगापिक्सेलको म्याक्रो सेन्सरले बनाएको हो । सेल्फीका लागि अगाडि भागमा ८ मेगापिक्सेलको फ्रन्ट क्यामरा राखिएको छ ।

स्मार्टफोनमा हेलियो पि६० चिपसेट राखिएको छ भने एन्ड्रोइड १० मा आधारित भएर सञ्चालन हुनेछ । फोनमा पावर दिनका लागि शक्तिशाली पाँच हजार एमएएच ब्याट्री प्याक राखिएको छ । त्यसैगरी कुल १० मा फोरजी सपोर्ट, लाइट सेन्सर, प्रोक्सिमिटी सेन्सर, साइड फिंगरप्रिन्ट, फेस अनलक, ड्यूल सिम र टाइप सी पोर्टलगायतका फिचरहरु राखिएको छ । यो फोनको बजार मूल्य १६ हजार पाँच सय ९५ रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया