Techie IT
×
गृहपृष्ठकर्पोरेटटाटा मोटर्सको ‘जनवरी फेस्ट’

टाटा मोटर्सको ‘जनवरी फेस्ट’


काठमाडौं, पुस २५
टाटा मोटर्सको नेपालका लागी एकमात्र अधिकारिक बितरक, सिप्रदी ट्रेडीङ्ग प्रालिले जनवरी फेस्ट विशेष कार्यक्रमकोे आयोजना गर्ने भएको छ । उक्त कार्यक्रम जनवरी १० देखि १२ सम्म थापाथलीस्थित टाटा मोटर्सको शोरुममा आयोजना गर्न लागेको हो । कम्पनीका अनुसार ग्राहकहरुले टाटा मोटर्सको शोरुममा गएर यस कार्यक्रममा सहभागी भई नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरु एच फाईभ, नेक्सन, टियागो, टिगोर र एनआरजी लगायतका गाडीहरु अवलोकन तथा टेष्ट ड्राइभ गर्न सक्नेछन् । साथै जुनसुकै ब्राण्डका गाडीहरु एक्सचेन्जमा एक लाख रुपैयाँसम्मको एक्सचेन्ज बोनस, टेष्ट ड्राइभमा आकर्षक उपहार र प्रत्येक गाडीको खरिदमा एक जोडीलार्ई सिंगापुर क्रुज टुर तथा विभिन्न किसिमका मनोरञ्जनात्मक कार्यक्रमलगायतका विशेष आर्कषणहरु रहेका छन् ।


क्याटेगोरी : कर्पोरेट

तपाईको प्रतिक्रिया