Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगक्यान महासंघ पर्साको स्वयंसेवक भेटघाट

क्यान महासंघ पर्साको स्वयंसेवक भेटघाट


बीरगञ्ज, पुस २७
कम्प्युटर एसोसिएसन अफ नेपाल महासंघ पर्सा (क्यान महासंघ) को भोलेन्टियर मिट सम्पन्न भएको छ । क्यान महासंघ पर्साले क्यान महासंघ प्रदेश २ को संयोजकत्वमा आगामी माघ ९ देखि १३ गतेसम्म वीरगञ्जको नगरसभा गृह (टाउन हल)मा आयोजना गर्न लागेको क्यान इन्फोटेक २०२० का लागि स्वयंसेवक (भोलेन्टियर) मिट सम्पन्न भएको हो । वीरगञ्ज महानगरपालिका कार्यालयको सभा हलमा आयोजित कार्यक्रममा लगभग ४५ सहभागीलाई सृजनशील युवाहरुको समूह संस्कृतिकी अध्यक्ष शैली चौधरीले सहभागीहरुलाई नेतृत्व विकास र भोलेन्टियरसिपबारे अभिमुखीकरण गरेकी थिइन् ।

चौधरीले भोलेन्टियर गर्न नेतृत्व विकास गर्न महत्वपूर्ण रहेको बताइन् । उनले भोलेन्टियरसिप नेतृत्वमा पुग्ने पहिलो सिँढी भएको बताउँदै सबैलाई कुनै पनि हिसाबले भोलेन्टियर गर्न आवश्यक भएको बताइन् । कार्यक्रममा क्यान महासंघ पर्साका सह–सचिव गणेश सर्राफ, सदस्यहरु सुरज बाबु पटेल, आशु कुमार सर्राफ, पुनम सर्राफ, निक्की रौनियार, दिलिप चौधरी, रंजन कुशवाह र संस्कृतिका किरण गिरि, मनिषा शर्मा, विवेक बरनवाल, आयुष पोख्रेललगायतको उपस्थिति रहेको थियो ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया