Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगरियलमी जीटीको ‘स्न्यापड्रागन ७७८ ५जी’ स्मार्टफोन आउने

रियलमी जीटीको ‘स्न्यापड्रागन ७७८ ५जी’ स्मार्टफोन आउने


काठमाडौं ।
रियलमीले ‘स्न्यापड्रागन ७७८ ५जी’ स्मार्टफोन चाँडै ल्याउने घोषणा गरेको छ । फ्ल्यागसिप ‘रियलमी जीटी’अन्तर्गत चाँडै एण्ड्रोइड बेटा १ अपडेट ल्याउने घोषणा कम्पनीले गरेको हो ।

रियलमी जीटीमा एण्ड्रोइड १२ बेटा १ अपडेट : एण्ड्रोइड १२ बेटा १ संस्करण अपडेट पाउने रियलमी जीटी पहिलो स्मार्टफोन हुनेछ । अघिल्लो वर्ष कम्पनीकोे ‘रियलमी एक्स ५० प्रो’ ‘एण्ड्रोइड ११ बेटा १’ संस्करणकोे अपडेट पाउने पहिलो स्मार्टफोन थियो । रियलमीले गुगलसँग निकटतम सहकार्य गरेर डेभलपरहरुमार्फत एण्ड्रोइड ११ बेटा १ संस्करणमा आधारित रियलमी युआई २ मा प्रयोगकर्ता प्रतिक्रिया संकलन गरिरहेको छ ।

कम्पनीले युआई ३ सार्वजनिक गर्नुपूर्व प्रयोगकर्ताको प्रतिक्रिया सुन्न यो वर्षपश्चात् आफ्ना एण्ड्रोइड १२ डेभलपर पूर्वावलोकन कार्यक्रम राख्ने जनाएको छ । यस साल २०२१ को पहिलो फ्ल्यायागसिप स्मार्टफोन रियलमी जीटीमा एसडीएम ८८८, नयाँ जेनेरेसन कुलिङ सिस्टम, १२० हर्ज एमोलेड डिस्प्ले, ६५ वाट सुपरडार्ट चार्जिङ र ४५ सय एमएएच ब्याट्री समायोजन गरी निर्माण गरिएको हो । यसको उत्कृष्ट प्रदर्शनले प्रयोगकर्तालाई एण्ड्रोइड १२ बेटा १ को झनै बढी मज्जाको अनुभूति दिलाउँछ ।

स्न्यापड्रागन ७७८जी ५जी रियलमी स्मार्टफोन : रियलमीले क्वालकमसँग नजिकको सहकार्य गरेर आफ्नो पछिल्लो उत्पादनमा प्रयोगकर्तामाझ नयाँ प्रविधि ल्याउन अघि सरेको छ । यस वर्षको सुरुमा सार्वजनिक एसडीएम ८८८ द्वारा सुसज्जित पहिलो स्मार्टफोन रियलमी जीटी थियो । रियमलीले आगामी मोडेल सांकेतिक नाम ‘क्विक सिल्भर’मा काम गरिरहेको छ ।

स्न्यापड्रागन ७७८जी ५जीको मोबाइल प्लेटफर्म ६ एनएम चिपसहित क्वालकम कृयो ६७० सीपीयूमा आधारित रहेको छ । उत्कृष्ट ऊर्जा दक्षताका साथ यसले ४० प्रतिशत प्रदर्शनमा सुधार गर्ने विश्वास कम्पनीको छ । यसको एड्रेनो ६४२ एल जीपीयू ग्राफिक्स रेनडरिङ्ग गति अघिल्लो जेनेरेसनभन्दा ४० प्रतिशत तीव्र छ । जीटी मोड र नयाँ कुलिङ सिस्टमको साथमा रियलमीले आउँदो उपकरणमा अग्रिम प्रदर्शन ल्याउनेछ । ‘रियलमीले क्वाल्कमसँग सहकार्य गरेर बहुचर्चित स्मार्टफोनहरु उत्पादन गरेको छ ।

स्न्यापड्रागन ७७८ जी ५जी मोबाइल प्लैटफर्म गेमिङका लागि समेत उत्कृष्ट प्रदर्शन दिनयोग्य छ । रियलमीको नयाँ स्मार्टफोन ७७८ ५जी मोबाइल प्लैटफर्ममा आधारित पहिलो फोन हुनेछ । रियलमीले युवापुस्तालाई विशेष प्राथमिकतामा राखी उत्कृष्ट प्रदर्शनका साथ ५जी स्मार्टफोनहरु उत्पादनका लागि निरन्तरता दिनेछ’, कम्पनीका उपाध्यक्ष समेत रहेको ग्लोबल मार्केटिङ अध्यक्ष चेस चुले बताए ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया