Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगबहुप्रतीक्षित होण्डा सीबी ३५० डीएलएक्स नेपालमा

बहुप्रतीक्षित होण्डा सीबी ३५० डीएलएक्स नेपालमा


काठमाडौं ।
नेपालका लागि होण्डा मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी प्रालिले बहुप्रतीक्षित होण्डाको सीबी ३५० डीएलएक्स नेपालमा सार्वजनिक गरेको छ । स्याकार ट्रेडिङ्ग कम्पनीका अध्यक्ष सौरभ ज्योतिद्वारा युट्युबमा प्रिमियर गरिएको एक भिडियोमार्फत यस बाइकलाई सोमबार नेपाली बजारमा सार्वजनिक गरिएको हो ।

नेपालमा होण्डाको सीबी मोडलका बाइकहरुले एक विशेष पहिचान बनाएको छ । यस सीबी ३५० डीएलएक्सले पनि नेपाली बाइकरहरुको मनमा एक छुट्टै स्थान बनाउन सफल हुने कुरामा होण्डा विश्वस्त छ । ३५० को नेपालमा आकर्षक रेट्रो लुक्स मन पराउने सम्पूर्ण बाइक पारखीहरुको लागि निर्मित यस बाइकमा ३५० सीसीको इन्जिन रहेको छ । मोर्डन फिचरहरुले भरिपूर्ण यस बाइक सिङ्गल टोनमा प्रिसियस रेड मेटालिक, म्याट मार्सल ग्रिन मेटालिक, पर्ल नाइट स्टार ब्याल्क गरी तीन विभिन्न रङ्गहरुमा उपलब्ध छ ।

रियल टाइम माइलेज, एभरेज माइलेज र डिस्ट्यान्स टू एम्प्टी सूचित गर्ने डिजिटल क्नसोल, रिङ्ग टाइप विंकरसहित एलईडी हेड ल्याम्प र टेल ल्याम्प, एस्सिट एण्ड सिल्पर क्लच डिजिटल मिटर, लामो र आरमदायी सिटजस्ता यस बाइकको धेरैमध्येका केही विशेषताहरु हुन् । नेपाली बजारमा यस सीबी ३५० डीएलएक्सको मूल्य सात लाख ५० हजार रुपैयाँ तोकिएको छ । 


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया