Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगएचएमडी ग्लोबलद्वारा नेपालमा नोकिया जी–२० र जी–१० लन्च

एचएमडी ग्लोबलद्वारा नेपालमा नोकिया जी–२० र जी–१० लन्च


काठमाडौं ।
एचएमडी ग्लोबल, द होम्स अफ नोकिया फोन्सले नोर्डिक इन्जिनियरिङको नवीनतम दैनिक जीवनको मागहरू पूरा गर्नको लागि नोकिया जी–२० र नोकिया जी–१० को लन्च गरेको छ । तीन दिनको ब्याट्री लाइफको साथ हाम्रो लेटेस्ट स्मार्टफोन जसले अहिलेको व्यस्त जीवनमा मानिसहरूलाई धेरै सहज बनाएको छ । नयाँ जी–सिरिजले नोकिया स्मार्टफानेको लागि अझै लामो ब्याट्री लाइफ समेटेको छ । जी–सिरिज हाम्रो स्मार्टफोनको हर्टल्याण्ड हो ।

कम्पनीका अनुसार नोकिया जी २० ले ४८ एमपीको क्ल्यारिटी वाइडस्क्रिनमा वा म्याक्रो र भिडियो ओजो अडियोको साथ कैद गर्दछ । साथै यसले एकल चार्जबाट तीन दिनको ब्याट्री लाइफ प्रदान गर्दछ । यसमा स्टनिङ ४८ एमपीको क्वाड क्यामेरा र पर्याप्त स्टोरेज छ । सुन्दर वाइडस्क्रिन र विस्तृत माइक्रोलेन्सले ठूलो पर्दामा इमेज कैद गर्दछ । साथै फिंगरटिपमा नाइट मोड र पोर्टरेट मोड रहेको छ । नोकिया जी–२० को प्रभावशाली ६.५ इन्चको टिएरड्रप डिस्प्लेको साथ इमेज एडिटिङ वा प्रस्तुतीकरणहरूको समीक्षाको लागि डिजाइन गरिएको हो ।

नोकिया जी२० नोकिया स्मार्टफोनहरूमा उपलब्ध रहेको सिग्नेचर एण्ड्रोइड प्रमिसले समर्थित छ । यो भनेको तीन वर्षको मासिक सेक्युरिटी अपडेट हो, जसले डाटाहरूलाई सकेसम्म सुरक्षित राख्न मद्दत गर्दछ । यसमा दुई वर्षको अपरेटिङ सिस्टमको अपग्रेड छ जसले नोकिया जी–२० लाई एण्ड्रोइड टीएमको अपरेटिङ सिस्टमको इन्जेन्युटी र एण्ड्रोइड टीएम १२ र पछि आउने नेक्स्ट लिपलाई प्राइमिङ गर्दछ । नोकिया जी २० नोकिया स्मार्टफोनको सिग्नेचर ड्युरेबिलिटी र स्टेट–अफ–द–आर्ट टेक्नोलोजीको सम्मिश्रण हो ।

यस्तै नोकिया जी–१० आकर्षक मूल्य पोइन्टको लागि निर्मित स्मार्टफोन हो । यो फोन ५०५० एमएएच ब्याट्रीको साथ आउँछ, यसले एकल चार्जमा तीन दिनसम्म पावर प्रदान गर्ने कम्पनीले जनाएको छ । यसमा एआई टेक्नोलोजीले सहायता पु¥याउँछ, जसले फोनको पावरलाई चाहिने बेलामात्र उपयोग गरेर म्यानेज गर्दछ । जीवनको हरेक पल एक फ्ल्यास नै जान्छ तर यसको ट्रिपल रियर क्यामेराको मद्दतले एक बिटलाई पनि छुट्याउनु हुनेछैन । राउन्ड डिटेल्ड हाउसिङले १३ एमपीको ट्रिपल क्यामेरा म्याक्रो र डेप्थ लेन्सको प्रस्तुति दिन्छ । यसका साथै अगाडि रहेको आठ एमपीले भिडियो कल गर्दा क्ल्यारिटीलाई बढाउने कम्पनीको भनाइ छ । यो सबैलाई नाइट मोड र पोट्र्रेट मोडसहित एआई इन्ह्यान्स्ड सुटिङ मोडहरूद्वारा इन्ह्यान्स्ड गरिन्छ । ६.५ इन्चको डिस्प्लेको साथ बोरडम अब विगतको कुरा हुनेछ ।

कम्पनीका अनुसार यो ह्यान्डसेट तीन वर्षको सुरक्षा अपडेटहरू र दुई वर्षको सफ्टवेयर अपग्रेडको साथ स्ट्यान्डर्डको रुपमा निःशुल्क आउँछ । यसको साथै एण्ड्रोइड ११ स्ट्रेट आउट अफ द बक्सको साथ फोन उपयोगी सुविधाहरूको साथ उपलब्ध हुनेछ । नोकिया जी–१० मा प्रयोगको लागि सहज बनाउन र सेक्युरिटीको लागि अनलकको सुविधा राखिएको छ । यसमा फेस रिकग्निसन र साइड–माउन्टेड फिंगरप्रिन्ट सेन्सर समेत रहेको छ । नोकिया जी–१० सधैँ नै आफ्नो टप फर्ममा रहन्छ । नोर्डिक इन्सपायर्ड नाइट र डस्क फिनिस र गुणस्तर नोकिया फोनको बिल्ड क्वालिटीको साथ नोकिया जी १० टेस्ट अफ टाइममा स्ट्यान्ड हुने कम्पनीको भनाइ छ ।

नोकिया जी–२० दुई वटा नाइट र ग्लेसियर रंगको भेरियन्टमा उपलब्ध हुनेछ भने नोकिया जी–१० नाइट र डस्क दुईवटा रंगको भेरिएन्टमा उपलब्ध हुने कम्पनीले जनाएको छ । ४/६४ जीबीको नोकिया जी–२० को नेपाली मूल्य १९ हजार नौ सय ९९ रुपैयाँ तोकिएको छ । यस्तै ४/६४ जीबीको नोकिया जी–१० को नेपाली मूल्य १६ हजार नौ सय ९९ रुपैयाँ रहेको कम्पनीले जनाएको छ । दुवै फोन स्टोरहरूमा असार ३ बाट उपलब्ध रहेका छन् ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया