Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगग्यालेक्सी जेड फोल्ड३ फाईभजी र जेड फ्लिप३ फाइभजीको प्रि–बुकिङ उत्साहजनक

ग्यालेक्सी जेड फोल्ड३ फाईभजी र जेड फ्लिप३ फाइभजीको प्रि–बुकिङ उत्साहजनक


काठमाडौं । सामसङले स्मार्टफोनका दुई मोडेलहरु ग्यालेक्सी जेड फोल्ड थ्री फाइभजी तथा जेड फ्लिप थ्री फाइभजीको प्रि–बुकिङ्गमा उत्साहजनक सहभागिता प्राप्त गरेको जनाएको छ । यी दुई फोनको प्रि–बुकिङ्ग कम्पनीले अनुमान गरेभन्दा ज्यादै बढी प्राप्त गरेको बताइएको छ ।

सामसङ मोबाइल नेपालका बिजनेस हेड प्रणय रत्न स्थापितले ग्यालेक्सी जेड फोल्ड ३ र जेड फ्लिप ३ को प्रिअर्डर खुल्ला गरेको दिनदेखि केवल छ दिनमै लक्ष्य प्राप्त गरिसकेको र अस्थायी रूपमा प्रिबुकिङ्गलाई स्थगित गर्नुपर्ने स्थिति पनि उत्पन्न भएको बताए । उनका अनुसार प्रि बुकिङ्गमा भएको उल्लेख्य सहभागिताबाट पनि नेपाली ग्राहकहरु आयु उपकरण र ग्याजेटहरुको बारेमा अत्यधिक रुपमा जानकार रहँदै आएका छन् । उनीहरु विश्वव्यापी प्रवृत्तिअनुरुप त्यस्ता उच्चतम प्रविधि युक्त ग्याजेटहरको उपयोगितालाई दैनिक जीवनमा आत्मसात् पनि गर्दै आएको छ ।

सामसङ नेपाल नवीनतम इन्जिनियरिङ्गयुक्त शक्तिशाली यी दुई स्मार्ट फोनहरु प्रस्तुत गर्न पाउँदा अझै बढी उत्साहित भएको छ । उत्पादकत्व वृद्धि एवं मनोरञ्जनात्मक फोल्डेबल डिभाइसका रुपमा जेड फोल्ड ३ तथा स्टाइल एवं फंक्सनालिटीको सम्मिश्रणयुक्त जेड फ्लिप ३ ले प्राविधिक रुपमा देशलाई अझै माथिल्लो तहसम्म पु-याउने विश्वास लिइएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया