Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगशिवशक्ति ग्रुप काठमाडौं किंग्स इलाभेनको गोल्ड पार्टनर

शिवशक्ति ग्रुप काठमाडौं किंग्स इलाभेनको गोल्ड पार्टनर


काठमाडौं । टेली होल्डिङ प्रालिअन्तर्गतको एभरेष्ट प्रिमियर लिग (ईपीएल) मा खेल्ने फ्रान्चाइज टोली काठमाडौं किंग्स इलाभेनले शिव शक्ति ग्रुपको ‘फेमेली आयल र ऊर्जा राइस’सँग गोल्ड पार्टनर हुने सम्झौता गरेको छ ।

दुई कम्पनीबीच उक्त समझदारीमा हस्ताक्षर भएको हो । शिवशक्ति ग्रुप नेपाली बजारमा एक अग्रणी उपभोक्ता उत्पादन निर्माता हो, जसको व्यवसायमा आल्मुनियम, प्लास्टिक फेब्रिक, प्याकेजिङ, लुगा धुने साबुन, कृषिजन्य उत्पादनहरु (जस्तै, चामल, तोरीको तेल, भटमासको तेल, सन्फ्लावरको तेल, दाल र अरु खाद्य तेल) पर्दछन् ।

शिव शक्ति ग्रुपका निर्देशक सन्दिप अग्रवालले नेपालको खेलकुद क्षेत्र अझै उच्च मुकाममा पुग्न बाँकी रहेकोले बताए । साथै उनले नेपाली टिमलाई विश्व मञ्चमा उत्कृष्ट प्रदर्शन गरेको देखिरहेकाले कम्पनीले नेपाली क्रिकेटरहरुको प्रतिभामा निखार ल्याउन मद्दत गर्ने नेपालकै उत्कृष्ट लिगमा लगानी गरेको बताए । त्यसैगरी, टेली होल्डिङ प्रालिका अध्यक्ष सञ्जय अग्रवालले अहिलेको महामारीको समयमा पनि काठमाडौं किङ्ग्स र शिवशक्ति ग्रुपले मिलेर समन्वय गर्ने वातावरण बनाउन सफल भएको बताए ।

यस समन्वयले टिमको हौसलामा वृद्धि गर्ने बताए । यसपालिको ईपीएलमा काठमाडौं किङ्ग्स आकर्षक प्रतिभाले भरिएको टोली हो, जसमा पाकिस्तान राष्ट्रिय टोलीका पूर्वकप्तान शाहिद आफ्रिदी, सन्दिप लामिछाने, सुबास खकुरेल, शेर मल्ल र अरु प्रतिभाशाली खेलाडीहरु छन् । नेपाली क्रिकेटको प्रगतिको लागि र नेपाली खेलप्रेमी दर्शकहरुलाई यस जेन्टलम्यान्स गेमको मज्जा दिने उद्देश्यले सञ्चालित हुन गइरहेको ईपीएल यसपालि कीर्तिपुर मैदानमा यही २५ सेप्टेम्बरबाटसुरु हुँदै छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया