Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगस्प्राइटको प्रोमोसनल अभियान ‘चिलिङको स्टार्ट, मोबाइल र स्प्राइटको साथ’

स्प्राइटको प्रोमोसनल अभियान ‘चिलिङको स्टार्ट, मोबाइल र स्प्राइटको साथ’


काठमाडौं । लेमन–लाइम पेयपदार्थ स्प्राइटले स्क्रिन टाइम प्रमोसनल अभियान ‘चिलिङको स्टार्ट, मोबाइल र स्प्राइटको साथ’ शीर्षकको साथ सुरूवात गरेको छ । यस अभियानको उद्येश्य भनेको धेरैभन्दा धेरै उपभोक्ताहरुसम्म पहुँच पु-याउनु र उनीहरुलाई रिफ्रेस गर्नु रहेको कम्पनीले जनाएको छ । अभियानअन्तर्गत उपभोक्ताहरुले एउटा बजाज पल्सर १२५ सीसी, एउटा सामसङ ४३ इन्चको टेलिभिजन र पाँचवटा सामसङ एफ २२ मोबाइल हरेक हप्ता जित्ने मौका पाउनेछन् ।

त्यसैगरी, दैनिक लक्की ड्रअन्तर्गत पाँच जना भाग्यशाली सहभागीहरुले हरेक दिन एउटा सामसङ मोबाइल एफ २२ जित्ने मौका पाउनेछन् । यो अफरमा सहभागी हुन उपभोक्ताहरुले लेबलमा रहेको क्युआर कोड स्क्यान गर्नुपर्नेछ वा सिधै स्प्राइटको वेबसाइटमा लग इन गर्नुपर्नेछ । त्यसपछि उनीहरुले आफ्नो मोबाइल नम्बरसहित लेबलपछाडि रहेको सिरियल नम्बरलाई इन्टर गर्नुपर्नेछ । वैकल्पिक रूपमा, सहभागीहरुले आफ्नो पूरा नामसहित ३४९४९ नम्बरमा लेबलको पछाडि रहेको सिरियल नम्बरलाई एसएमएस गर्न सक्नेछन् । यो योजना भदौ ३० गतेबाट सुरू भएको थियो र कात्तिक १८ गतेसम्म लागू हुने कम्पनीले जनाएको छ ।

यो अफर पाँच सय मिलिलिटरको स्प्राइटको पीईटी प्याक, एक लिटर, १.५ लिटर र २.२५ लिटर किन्दा लागू हुनेछ । यस अफर समावेश नभएका बोतलहरु पनि बजारमा उपलब्ध छ । कम्पनीका अनुसार यो प्रमोसन स्प्राइटको ‘क्लियर रह’ अभियान को हिस्सा हो, जसको उद्देश्य भनेको युवाहरूलाई स्प्राइटकोे साथमा आफ्नो दिनको मुख्य क्षणहरूमा रिसेट र रिफ्रेस गर्न प्रेरित गर्नु हो । यस प्रमोसनमा स्प्राइटका ब्राण्ड एम्बासाडर अनमोल केसीलाई छायांकन गरिएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया