काठमाडौं । आई पे रेमिट प्रालिले नेपालीहरुको महान् पर्व विजयादशमी, शुभदीपावली, नेपाल सम्वत् र छठलाई लक्षित गरी ‘आई पे आयो, दक्षिणा पायो’ विशेष योजना सार्वजनिक गरेको छ । यस योजना असोज १५ गतेबाट सुरु भई कात्तिक २५ गतेसम्म लागू हुनेछ । सो आयोजनाअन्तर्गत पाँच हजार र एक लाख रुपैयाँ जित्न सकिनेछ ।
कम्पनीका अनुसार योजनाअन्तर्गत हरेक दिन पाँच जना भाग्यशाली विजेताले दक्षिणास्वरुप दुई हजार रुपैयाँ हरेक हप्ता भुक्तानी दिने भाग्यशाली पाँच जाना साझेदार मित्रहरुलाई दक्षिणास्वरुप पाँच हजार र बम्परमा एक जना भाग्यशाली विजेताले दक्षिणास्वरुप एक लाख रुपैयाँ नगद प्राप्त गर्नेछन् । आई पे आयो, दक्षिणा पाया योजनामा मलेसिया, जापानलगायत विश्वको विभिन्न मुलुकबाट आई पे रेमिटमार्फत धेरैभन्दा धेरै कारोबार गरी योजनालाई सफल बनाइदिन सेवाग्राही तथा साझेदारहरुलाई कम्पनीले आग्रह गरेको छ ।
आई पे रेमिट प्रालिमार्फत नेपालको जुनसुकै ठाउँमा छरिएर रहेको १२ हजारभन्दा बढी भुक्तानी केन्द्रबाट आई पे रेमिटमार्फत पठाएको पैसा सजिलै प्राप्त गर्न सकिनुका साथै नेपालको जुनसुकै बैंक तथा वित्तीय संस्थामा तत्काल रकम भुक्तानी गर्नसक्ने सुविधा रहेको छ । यस्तै २३ भन्दा बढी इ–वालेटमार्फत रकम भुक्तानी गर्न सकिने कम्पनीका बजार प्रमुख रुपनारायण श्रेष्ठले बताए ।
क्याटेगोरी : कर्पोरेट
ताजा अपडेट
- सेयर बजार परिसुचक दुई हजार ५६ बिन्दुमा
- अमेरिकी पूर्वराष्ट्रपतिकै घरमा एफबीआईको छापा
- होन्डाको नयाँ मोटरसाइकल भारतमा सार्वजनिक
- गहुँ आयातमा लगाइएको अतिरिक्त शुल्क हटाउने तयारीमा भारत
- ४३ प्रकारका भुटानी वस्तुलाई बंगलादेशले बजार पहुँच दिने
- आणविक बम विष्फोटको ७७औँ वार्षिकी
- प्रभु लाइफको बिजनेस कन्फरेन्स तथा क्लब्स इभेन्ट सेलिब्रेसन सम्पन्न
- ग्लोबल आईएमई बैंक र माया मेट्रो अस्पतालबीच सम्झौता
धेरैले पढेको
- बढ्दो सहकारी जोखिम र सहकारी सुशासन
- सरकारी विद्यालयको निर्माण सामग्री प्रधानाध्यापकबाटै चोरी प्रहरीले दर्ता गर्न मानेन उजुरी
- हालको तरलताको अवस्था र त्यसका कारणहरू
- नागरिक समाज, विकास र जवाफदेहिता
- असहज परिस्थितिका कारण जटिल बनेको देशको जर्जर अर्थव्यवस्था
- उद्योगको क्षमता उपयोग ७० प्रतिशत वृद्धि
- संस्थापक सेयरलाई खरिदबिक्रीको व्यवस्था गर्न पाउने नीति बनाउन माग
- सुर्योदय टोल विकास संस्थाको तेस्रो बार्षिक साधारण सभा सम्पन्न
तपाईको प्रतिक्रिया