Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगकोका–कोलाको ‘धन्यवाद’ उपहार

कोका–कोलाको ‘धन्यवाद’ उपहार


काठमाडौं । ‘धन्यवाद’ थिमको दशैँ अभियानको एक हिस्साको रुपमा कोका–कोलाले कोभिड–१९ को समयमा खटिएका स्वास्थ्य सेवा क्षेत्र र गैर–सरकारी संस्थाजस्ता विभिन्न क्षेत्रका अग्रणी योद्धाहरुलाई समर्पित गरेर यसको अन–ग्राउन्ड एक्टिभेसन गर्दै आइरहेको छ । आफ्नो अन–ग्राउन्ड एक्टिभेसनको आधा मार्ग पूरा गर्दै, कोका–कोलाले पाटन अस्पताल र वीर अस्पताल जस्ता दुई ठूला कोभिड–१९ अस्पतालहरू र विभिन्न गैरसरकारी संस्थाहरू जस्तै आरएनए–१६, अभ्नी भेन्चर, डोको रिसाइक्लर्स, ब्लू वेस्ट २ भ्यालु र सानो पाइलामा आफ्नो पहुँच पुर्याएको छ ।

कोका–कोलाले अग्रपंक्तिका नायकहरुसँग संलग्न रहेर ‘धन्यवाद’ उपहार बक्सलाई बाढ्दै आइरहेको छ, जसमा व्यक्तिगत कोकको बोतल साथै कोका–कोलाको कन्टूर ग्लास समावेश रहेको छ । कोका–कोलाका ब्रान्ड एम्बेसेडर स्वस्तिमा खड्का पनि कात्तिक ८ गते वीर अस्पतालमा भएको कार्यक्रममा स्वास्थ्य सेवाका अग्रपंक्तिमा कार्यरत कर्मचारीहरूप्रति कृतज्ञता व्यक्त गर्नको लागि सहभागी भएकी थिइन् ।

वीर अस्पतालका प्राध्यापक डा. भूपेन्द्र कुमार बस्नेतले कोभिड–१९ को दोस्रो लहरको समयमा दैनिक तीन सय ५० कोभिड बिरामीहरूलाई सेवा प्रदान गरेको बताए । महामारीको अग्रपंक्तिमा रहेका कामदारहरू प्रति कृतज्ञता बाँड्ने कोका–कोलाको धन्यवाद अभियानले धेरै सम्मानित महसुस गराएको उनको भनाइ छ । यसले आफूहरुलाई अझै यस्तो कार्यमा अघि बढ्न उत्प्रेरणा प्रदान गरेको पनि उनले बताए । कोका–कोलाले सबैप्रति कृतज्ञता प्रदान गर्ने थिमका साथ हालै दशैँ अभियानको लन्च गरेको थियो । 


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया