Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगकाठमाडौँ–लोमान्थाङ हिरो एक्सप्लस मोटरसाइकल यात्रा

काठमाडौँ–लोमान्थाङ हिरो एक्सप्लस मोटरसाइकल यात्रा


काठमाडौं । आन्तरिक पर्यटन प्रवर्द्धनको उद्देश्यसहित नेपालमा हिरो मोटरसाइकलको आधिकारिक बिक्रेता नेपाल जनरल मार्केटिङको आयोजनामा काठमाडौँ–लोमान्थाङ मोटरसाइकल यात्रा सुरु भएको छ ।

हिरो एक्सप्लस २०० मोटरसाइकल खरिद गरेका ग्राहकलाई लोमान्थाङ भ्रमण गराउनका लागि यात्रा थालिएको नेपाल जनरल मार्केटिङले जनाएको छ । सोमबार बिहान प्रदर्शनी मार्गस्थित नेपाल पर्यटन बोर्डबाट यात्रा सुरु भएको हो । यात्रामा सहभागी ३० जनाभन्दा बढीले काठमाडौँ–पोखरा–लेते–जोमसोम–मुक्तिनाथ हुँदै लोमान्थाङसम्मको करिब नौ सय किलोमिटर यात्रा गर्नेछन् ।

नेपाली फुटबल टिमका कप्तान किरण चेम्जोङले सोमबार बिहान भृकुटीमण्डपमा ‘फ्ल्याग अफ’ गरेर यात्राको औपचारिक सुरुवात गरेका हुन् । उनले यात्रामा सहभागी सबै मोटरसाइकल चालकहरुलाई अनुशासित भएर सतर्कता अपनाउँदै भ्रमण पूरा गर्न आग्रह गरे । यस्तै कार्यक्रमले आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने नेपाल पर्यटन बोर्डले बताएको छ । 


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया