Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगमेगा गिभअवेमा भाग्यमानी ग्राहकलाई एक लाख ११ हजारको उपहार

मेगा गिभअवेमा भाग्यमानी ग्राहकलाई एक लाख ११ हजारको उपहार


काठमाडौँ । अजिइजा एटेलियर र हिरा एवम् सुनको क्षेत्रको घरेलु ब्रान्ड बालाजी डायमन्ड्सले नोभेम्बर १ देखि ३० सम्म मेगा गिभअवे सञ्चालन गरिरहेका छन् ।

उक्त मेगा गिभअवेमा सहभागी हुन उनीहरुले ग्राहकहरूलाई प्रोत्साहन गर्न एकसाथ सहकार्य गरेका हुन् । तीनवटा ब्रान्डहरूले इन्स्टाग्रामको नेतृत्वको यस अभियान सञ्चालन गरेका हुन् । यस अभियानमा सहभागी एक जना भाग्यशाली विजेताले एक लाख ११ हजार रुपैयाँबराबरको सामान र बहुमूल्य वस्तुहरू जितेर लैजान सक्नेछन् ।

बालाजी डायमन्ड्सले हिराको झुम्का सेट, अजिइजा एटेलियरले गुलाबी र हरियो गरारा सेट र गुलाफीले उत्कृष्ट ब्रान्डहरूबाट स्किनकेयर र कस्मेटिक्सहरू उपलब्ध गराउँछ । एक भाग्यशाली विजेताले आगामी विवाह सिजनको लागि तयार हुन सबै तीनवटै ब्रान्डहरूबाट उपहारहरू जित्नेछन् । गुलाफीबाट उच्च गुणस्तरको बिउटी र वेलनेस उत्पादनहरू, अजिइजाको तर्फबाट इन्डो–एथनिक लेहेंगा र एसबीडीको तर्फबाट गहनाहरूको सेट उपलब्ध गराउनेछ । मंसिर १५ गते लक्की ड्रमार्फत गुलाफीको इन्स्टाग्राममा विजेताहरूको घोषणा गरिनेछ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया