Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगशाओमीकोे मी पोर्टेबल इलेक्ट्रिक एयर कम्प्रेसर र मी एयर प्युरिफायर ३ नेपाली बजारमा

शाओमीकोे मी पोर्टेबल इलेक्ट्रिक एयर कम्प्रेसर र मी एयर प्युरिफायर ३ नेपाली बजारमा


काठमाडौं । शाओमीले मी पोर्टेबल इलेक्ट्रिक एयर कम्प्रेसर र अल न्यू मी एयर प्युरिफायर–३ नेपाली बजारमा ल्याएको छ । छोटो सडक यात्रादेखि हिमालयको लामो पदयात्रासम्मको लागि यी उपकरणहरु अत्यन्त उपयोगी छन् ।

मी पोर्टेबल इलेक्ट्रिक एयर कम्प्रेसर एक शक्तिशाली पकेट आकारको उपकरण हो, जसको सहायताले बाहिरी पावर सप्लाईविनै आफ्नो गाडी, मोटरसाइकल वा साइकलको कुनै पनि फ्ल्याट टायर जुनसुकै समयमा, जहाँँ भए पनि पूर्ण आत्मविश्वासको साथ इनफ्लेट गर्न सकिनेछ । त्यस्तै मी एयर प्युरिफायर–३ शाओमीको लाइन–अपमा रहेको सबैभन्दा नवीनतम स्मार्ट एयर प्युरिफायर हो । शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले कम्पनी अत्याधुनिक उत्पादन खोज्ने उपभोक्ताको लागि उत्कृष्ट प्रदर्शन गर्ने र आकर्षक डिजाइनयुक्त उत्कृष्ट प्रविधिको आविष्कारहरू ल्याउन केन्द्रित रहेको बताए । मी एयर प्युरिफायर–३ ट्रिपल लेयर फिल्टरेशन युक्त शाओमीको सबैभन्दा नयाँ स्मार्ट एयर प्युरिफायर हो, जसले ९९.९७ प्रतिशतसम्म सूक्ष्म प्रदूषकहरूलाई हटाउने क्षमता राख्छ । मी पोर्टेबल इलेक्ट्रिक एयर कम्प्रेसर एक कम्प्याक्ट पकेट–साइजमा डिजाइन गरिएको शक्तिशाली एयर कम्प्रेसर हो ।

मी पोर्टेबल इलेक्ट्रिक एयर कम्प्रेसर : मी पोर्टेबल इलेक्ट्रिक एयर कम्प्रेसर गुणस्तरीय एबीएसबाट बनेको छ । यसमा करेन्ट/प्रिसेट टायरको चाप हेर्न मिल्ने एलईडी डिस्प्ले स्क्रिन र बिल्ट–इन २००० एमएएचको लिथियम ब्याट्री रहेको छ । यस उपकरणले ०–१५० पीएसआईसम्मको कुनै पनि टायर फुलाउन सक्छ जुन कार, मोटरबाइक, साइकल लगायत फुटबल/बास्केटबल आदि जस्ता खेलकुद उपकरणहरूका लागि पनि उपयुक्त रहेको छ । यसमा पीएसआई, बीएआर र केपीए नामक तीन फरक प्रिसेट प्रेसर युनिटहरूबीच स्विच पनि गर्न सक्नेछन् । मी पोर्टेबल इलेक्ट्रिक एयर कम्प्रेसरले कारको टायर पूर्ण रूपमा फुलाउन छ मिनेट र साइकलको टायर पूर्ण रूपमा फुलाउन तीन मिनेट मात्र लिन्छ । यसले सिंगल चार्जमै पाँचवटा कारको टायर अथवा आठवटा साइकलका टायरहरू बाह्य पावर सप्लाईको आवश्यकताविना पूर्ण वायरलेस अपरेसनको साथ फुलाउन सक्छ ।

मि पोर्टेबल इलेक्ट्रिक एयर कम्प्रेसर एउटा दमदार डिभाइस हो जसलाई खल्तीमा राख्न मिल्ने गरी चिटिक्क आकारमा बनाइएको छ । यो एउटा मल्टि–पर्पोस डिभाइस हो, जसमा बिल्ट–इन एलइडि लाइट भएकोले गर्दा राति अथवा अँध्यारो समयमा पनि सजिलैसँग प्रयोग गर्न सकिन्छ । यसमा एउटा युनिभर्सल माइक्रो यूएसबी पोर्ट छ जसले गर्दा यसलाई सजिलै चार्ज गर्न सकिन्छ साथै पावर बैंकबाट पनि तीन घण्टाभन्दा कम समयमा यसलाई चार्ज गर्न सकिन्छ । यसमा ओभर–प्रेसर र ओभर–चार्ज प्रोटेक्सन भएको हुँदा प्रिसेट प्रेसरमा पुगिसकेपछि स्वतः फुलिनबाट रोक्छ, त्यसैले यो डिभाइस प्रयोग गर्न सुरक्षित र सजिलो छ । यसले पर्याप्त रुपमा ताप पनि सोस्छ र साथै यसमा भएको शक एब्जर्बिङ प्याडले सिलिन्डरको भाइब्रेसनलाई नियन्त्रण गरी डिभाइस चलाउँदा कम्पन हुन दिँदैन ।

मि एयर प्युरिफायर – ३ मि एयर प्युरिफायर– ३ मा एउटा प्राइमरि फिल्टर, एउटा ट्रु एचइपीए फिल्टर र एउटा एक्टिभेटेड कार्बन फिल्टर गरी तीन तहको फिल्ट्रेसन छ, जसले गर्दा यसलाई एयर प्युरिफायरको रेञ्जमा अलग्गै पहिचान दिएको छ । हावामा भएका पीएम १० भन्दा माथिका ठूला कणहरुलाई प्राइमरी फिल्टरले छान्छ भने ट्रु एचइपीए फिल्टरले पीएम २.५ सम्मका कणहरुलाई ९९.९७ प्रतिशतसम्म फिल्टर गर्छ । त्यस्तै एक्टिभेटेड कार्बन फिल्टरले हावालाई फर्मल्डिहाइड, अन्य विषालु पदार्थ र गन्धबाट शुद्ध बनाउँछ । ३६० डिग्री सिलिन्ड्रिकल डिजाइन भएकोले गर्दा यो प्युरिफायरले सबै दिशाबाट हावा तानेर फिल्टर गर्न सक्छ ।

मि एयर प्युरिफायरले एक घण्टामा ३८० घन मिटरसम्म शुद्ध हावा फाल्न सक्छ । यसले एक मिनेटमा ४८४ वर्ग फिटको क्षेत्रफलमा छ हजार तीन सय ३३ लिटर शुद्ध हावा प्रदान गर्छ । यो अत्यन्त आकर्षक मिनिमलिस्टिक डिजाइनमा बन्नुको साथै यसमा टच–स्क्रिन ओएलईडी डिस्प्ले पनि रहेको छ, जसले हावाको रियल टाइम एयर क्वालिटी इन्डेक्स देखाउँछ । यसलाई मी होम एपसँग कनेक्ट गरेर हावाको रियल टाइम एयर क्वालिटी इन्डेक्स पनि मोनिटर गर्न सकिन्छ । मी पोर्टेबल इलेक्ट्रिक एयर कम्प्रेसरको मूल्य पाँच हजार नौ सय ९९ रुपैयाँ रहेको छ । यो स्ट्यान्डर्ड कालो रंगको भेरियन्टमा उपलब्ध रहेको छ । यस्तै मि एयर प्युरिफायर–३ को मूल्य २३ हजार चार सय ९९ रुपैयाँ रहेको छ । यी दुवै उत्पादनहरु मंसिर ७ गतेदेखि नेपालका सबै आधिकारिक स्टोरहरूमा उपलब्ध छन् ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया