Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगनेपाल चेम्बर अफ कमर्सद्वारा राहत सामग्री हस्तान्तरण

नेपाल चेम्बर अफ कमर्सद्वारा राहत सामग्री हस्तान्तरण


काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले अफगानिस्तानका जनताको लागि मानवीय सहयोगार्थ राहत सामग्री हस्तान्तरण गरेको छ । चेम्बर अध्यक्ष राजेन्द्र मल्लले अफगानिस्तानका जनताको लागि मानवीय सहयोगार्थ करिब २० लाख मूल्यबराबरको राहत सामग्रीहरु परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई हस्तान्तरण गरेका हुन् ।

उक्त अवसरमा अध्यक्ष मल्लले मानवीय सहयोगको पुनित कार्यमा सहभागी हुन चेम्बरलाई अवसर प्रदान गरिदिएकोमा सरकारलाई आभार व्यक्त गर्दै सहयोगमा सरिक हुन पाएकोमा खुसी व्यक्त गरे । यस्तै मन्त्री डा. खड्काले राहत सामग्री उपलब्ध गराई मानवीय सहयोग कार्यमा सघाउ पु-याएकोमा धन्यवाद ज्ञापन गरे । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया