ओप्पोद्वारा जिरो–पावर कम्युनिकेसन ह्वाइट पेपर सार्वजनिक
काठमाडौं । ओप्पो रिसर्च इन्स्टिच्युटले आधिकारिक रुपमै जिरो–पावर कम्युनिकेसनअन्तर्गत आफ्नो ह्वाइट पेपर सार्वजनिक गरेको छ । यो पेपरले जिरो–पावर कम्युनिकेसनको आईओटी क्षेत्रमा विद्यमान मागको अपर्याप्त आपूर्तिको प्राविधिक अवस्थितिको अन्वेषण गर्दै भविष्यका अन्य सञ्चार प्रणालीसँगको सहअस्तित्वको सम्भावनार्थ प्राविधिक विकसका लागि मार्गचित्र प्रस्तुत गरेको छ ।
अहिले बजरामा उपलब्ध अधिकांश पोर्टेवल विद्युतीय उपकरणहरु शक्तिको स्रोतका लागि ब्याट्रीमा निर्भर हुन्छन् । पछिल्ला केही वर्षमा ब्याट्री प्रविधिमातहत धेरै विकासहरु भए पनि आकार, उत्पादन खर्च, आयु, प्रयोग सहजता र पर्यावरणमैत्रीलगायत क्षेत्रमा अझै प्रशस्त समस्याहरु रहेका छन् । जिरो–पावर सञ्चार प्रविधिले वातावरणबाटै एम्बियन्ट रेडियो फ्रिक्वेन्सी ऊर्जा संकलन गर्दै ब्याट्रीको आवश्यकता नै नपर्ने अवस्थाको सिर्जना गर्छ । फलतः अत्यधिक कम्प्याक्ट, कुशल र सुलभ मूल्यका उपकरणहरु सम्भव हुनेछन् । व्यावसायिक उपयोगिताका आधारमा यस्ता विशेषता वेयरहाउजिङ, लजिस्टिक्स र कृषि तथा पहिरिन मिल्ने उपकरण (वेयरेबल), स्मार्ट होम्स र अन्य अत्याधुनिक उपभोक्ता अनुप्रयोगहरुका लागि फाइदाजनक हुने कम्पनीको भनाइ छ ।
ओप्पोका प्रमुख फाइभजी वैज्ञानिक हेनरी ट्यांगका अनुसार मोबाइल दूरसञ्चार प्रविधि पहिलोदेखि चौथौँ पुस्तासम्म आइपुग्दा दूरसञ्चार उद्योगले एनालगदेखि डिजिटल, डाटा र अहिले ब्रोडब्याण्ड गरी चार प्राविधिक छलाङ लगाइसकेको छ । यी हरेक छलाङको मूल उद्देश्य डाटा प्रसारण दरमा तीव्रता छ । जिरो–पावर सञ्चार प्रविधिले विद्युतीय उत्पादकहरुलाई आफ्ना उत्पादनबाट ब्याट्री हटाउन सक्षम बनाउने ट्यांगको भनाइ छ । त्यसैगरी बीफाइभजी/सिक्सजी पुस्तातिर अग्रसर हुँदै गर्दा जिरो–पावर कम्युनिकेसन कम्पनीको मुख्य केन्द्रविन्दुमा पर्ने क्षेत्र रहेको ट्यांगले बताए । आजको रेडियो फ्रिक्वेन्सी (आरएफआईडी) अन्तर्गत निष्क्रिय सञ्चार प्रविधि अहिले नै उपलब्ध छ । तर, विद्यमान प्रविधिमा छोटो सञ्चार दूरी, न्यून सक्षमता र प्रणालीगत न्यून क्षमतालगायत समस्याहरु रहेका छन् । यसले औद्योगिक सेन्सर सञ्जाल, न्यून–मूल्य र उच्च क्षमताका लजिस्टिक्स र वेयरहाउजिङ, न्यून–मूल्य तथा न्यून–ऊर्जाका स्मार्ट होम्स र साना वेयरेबल प्रविधि लगायत विशिष्ट वा कठिन उपयोगितासहितका उत्पादनमा आरएफआईडी प्रविधिको प्रयोग गर्दा उल्लेखनीय चुनौती प्रस्तुत गर्छ ।
जिरो–पावर उपकरणहरुले टीभी टावर्स, एफएम रेडियो टावर्स, सेल्यूलर बेस स्टेशन्स र वाईफाई एक्सेस प्वाइन्ट्स (एपी एस) लगायतबाट प्रसारित हुने एम्बियन्ट रेडियो सिग्नललाई आफ्नो शक्तिको स्रोतका रुपमा उपयोग गर्न सक्नेछन् । उपलब्ध रेडियो वेभ्समार्फत ऊर्जा संकलित गरिसकेपश्चात् उपकरणले एम्बियन्ट रेडियो सिग्नलहरुलाई आफ्नै जानकारीका साथ परिमार्जित गरी संकेतहरुलाई ब्याकस्केटरिङ कम्युनिकेसनमार्फत बाहिर पठाउँछ । जिरो–पावर सञ्चार सञ्जालको डिजाइन गर्दैगर्दा जिरो–पावर सञ्चार प्रणाली र विद्यमान अनुमति प्राप्त तथा अप्राप्त ब्याण्ड्सका साथै फोरजी/फाइभजी प्रणालीहरुको सहअस्तित्वमाथि पनि विशेष ध्यान दिन जरुरी छ ।
जिरो–पावर सञ्चार प्रणालीको निर्माण सेल्युलर कम्युनिकेसन्स, साइडलिंक कम्युनिकेसन्स वा दुवैको समस्तिगत उपयोग गर्ने फ्रेमवर्क मातहत गर्न सकिन्छ । सेल्युलरमा आधारित जिरो–पावर सञ्चार प्राणालीहरुले उत्कृष्ट रुपमा औद्योगिक सेन्सर सञ्जाल एप्लिकेसन्स सपोर्ट गर्न सक्षम हुनेछन् । साइडलिंकमा आधारित पहल वेयरेवल्स वा स्मार्ट होम उपकरणलगायत न्यून मूल्यका छोटो दूरीका सञ्चारमा उपयोग हुने जसले प्राप्त गरिने डाटा प्रशोधन गर्ने क्षमता पनि बोक्छन् उनीहरुका लागि निकै उपयोगी हुन्छन् । सेल्यूलर र साइडलिंक दुवैको प्रयोग हुने हाइब्रिड पहलले विकासकर्ताहरुलाई जिरो–पावर सञ्चार प्रणालीमार्फत उपयोगिताका थप सम्भावना उजागर गर्न सघाउ पुग्नेछ ।
ओप्पोले आफ्नो जिरो–पावर सञ्चार प्रणालीको निर्माण तथा भविष्यका सञ्चार सञ्जालका लागि यसको सम्भाव्यता सफलतापूर्वक प्रदर्शित समेत गरिसकेको छ । साथै ओप्पोले जिरो–पावर सञ्चार मानकको प्रचारका लागि पनि अग्रभूमिका निर्वाह गरिरहेको छ । सन् २०२१ सेप्टेम्बरमा आयोजित आईएमटी–२०३० सिक्सजी भिजन वर्कशपमा ओप्पोको विशेष पहलमा जिरो–पावर कम्युनिकेसन फोरुमको आयोजना गरेको थियो । कार्यक्रममा शैक्षिक र औद्योगिक संगठनहरुलाई जिरो–पावर कम्युनिकेसनका अनुप्रयोगहरु, प्राविधिक आवश्यकताहरु तथा प्रमुख प्रविधिहरुबारे छलफल गर्न आमन्त्रित गरिएको थियो । यस्तै ओप्पोले सिक्सजीको पूर्ण क्षमता उपलब्ध गराउनका लागि जिरो–पावर कम्युनिकेसनले रिकन्फिगरेबल इन्टेलिजेन्ट सर्फेसेज, सिम्बायोटिक रेडियो, नन्–अर्थोगोनल मल्टिपल एक्सेस (एनओएमए) र एआईलगायत प्रमुख प्रविधिहरुसँग काम गर्ने विश्वास लिएको छ ।
जिरो–पावर कम्युनिकेसन ह्वाइट पेपरभन्दा अगाडि ओप्पोले अत्याधुनिक सञ्चार प्रविधिमातहत आफ्नो निरन्तर अन्वेषणको नतिजा आफ्नो सिक्सजी एआई–क्युब इन्टेलिजेन्ट नेटवर्किङ ह्वाइट पेपर पनि प्रकाशित गरिसकेको छ । आफ्नो ब्राण्ड मिसन ‘टेक्नोलोजी फर म्यानकाइन्ड, काइन्डनेस फर दि वल्र्ड’अनुरुप थप बौद्धिक, थप सुविधाजनक र अझ पर्यावरणमैत्री सञ्चार प्रणालीको विकास गर्ने कार्यलाई निरन्तरता प्रदान गर्दैै आउँदा तीनदेखि पाँच वर्षभित्र व्यावसायिक जिरो–पावर सञ्चार प्रविधि सार्वजनिक गर्ने लक्ष्य लिएको छ ।
क्याटेगोरी : कर्पोरेट
ताजा अपडेट
- दुई हजार २८ अंकमा पुगेर रोकियो सेयर बजार
- चिनियाँ युआनमा भुक्तानी गर्दै भारतीय कम्पनी
- हङकङ पुगेका सीले के भने ?
- आईएमएफद्वारा श्रीलंकालाई समर्थन गर्ने पुनः प्रतिबद्धता
- सीताराम घ्यू अब नयाँ प्याकमा
- त्रिभुवन विमानस्थलबाट थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान गर्ने
- बैंक तथा वित्तीय संस्था परिसंघका प्रतिनिधि र प्रधानमन्त्री देउवाबीच भेटघाट
- बीओके क्यापिटलको प्रमुख कार्यकारीमा तुलाधर
धेरैले पढेको
- बढ्दो सहकारी जोखिम र सहकारी सुशासन
- सरकारी विद्यालयको निर्माण सामग्री प्रधानाध्यापकबाटै चोरी प्रहरीले दर्ता गर्न मानेन उजुरी
- असहज परिस्थितिका कारण जटिल बनेको देशको जर्जर अर्थव्यवस्था
- हालको तरलताको अवस्था र त्यसका कारणहरू
- संस्थापक सेयरलाई खरिदबिक्रीको व्यवस्था गर्न पाउने नीति बनाउन माग
- नागरिक समाज, विकास र जवाफदेहिता
- उद्योगको क्षमता उपयोग ७० प्रतिशत वृद्धि
- सुर्योदय टोल विकास संस्थाको तेस्रो बार्षिक साधारण सभा सम्पन्न
तपाईको प्रतिक्रिया