बेलायतबाट फर्केका विनयले खोले ‘कोशेली थकाली’
काठमाडौं । २०६० को दशक सुरु भएसँगै नेपाली युवा–यवतीहरु लाखौँको संख्यामा पढ्न, काम गर्न अथवा अवसरको खोजीमा विदेशिए । खासगरी देशमा व्याप्त राजनीतिक भद्रगोल, गरी खाने वातावरणको कमी र बेरोजगारीले धेरै युवा बाहिरिए । त्यसरी बाहिरिनेमध्येका एक हुन् निजगढ घर भई काठमाडौं बसोबास गर्दै आएका विनय गौतम । ३५ वर्षीय विनय आजभन्दा १३ वर्षअघि बढ्न र केही अवसरको खोजीमा बेलायत छिरेका थिए । उनले खासगरी बेलायतमा पढ्ने र होटल रेष्टुरेन्ट क्षेत्रमा काम गर्ने गरे । उनी भन्छन्, ‘मैले बेलायतमा भाँडा माझ्नेदेखि सुप्पर सेफसम्म भएर काम गरेँ । कामलाई सानो ठूलो भनिन् ।’
काठमाडौंको शंखमूलस्थित आलोकनगरमा बुधबार ‘कोशेली थकाली’ नामको रेष्टुरेन्ट उद्घाटन गरेका विनयले भने, ‘बेलायतको अनुभवले अब उद्यमी भएँ।’ उनले कोशेली थकाली मध्यमस्तरको लगानीमा खोलेको बताए । जसमा नौ जनालाई रोजगारी दिएको उनले बताए । चर्चित नेपाली थकाली ब्राण्डलाई प्रवद्र्धन गर्ने हिसाबले थकाली रेष्टुरेन्ट खोलेको उनी सुनाउँछन् । भन्छन्, ‘अग्र्यानिक हिसाबको थकाली खाना र सेकुवा ‘कोशेली थकाली’को मुख्य पहिचान हुनेछ ।’ त्यसका अलावा आफ्नो रेष्टुरेन्टमा ढिँडो, कालिजको मासु, खसीको भुटन र टाउको, मम, चाउमिन, पेयपदार्थलगायत नेपालमा चलिआएका धेरैजसो आइटम पाइने बताए ।
विनय भन्छन्, ‘हाम्रो रेष्टुरेन्टले गुणस्तरमा कम्प्रोमाइज गर्नेछैन । अजिनोमोटोको प्रयोग हुनेछैन र ओपन किचनको व्यवस्था रहेको छ । अग्र्यानिक खाना खाजा खुवाएर ग्राहकलाई सन्तुष्ट बनाउने नै आफ्नो मूल लक्ष्य रहेको उनले सुनाए । उनले विधार्थीलाई १० प्रतिशत छुट रहेको पनि सुनाए । आफूलाई नेपालमा कमाउनुपर्ने केही नभएको र स्वदेशमै केही गरौँ, आफूलाई व्यस्त बनाउनु, रोजगारी सिर्जनामा योगदान दिऊँ भन्ने आशयले होटल व्यवसाय थालेको उनले सुनाए ।
क्याटेगोरी : कर्पोरेट
ताजा अपडेट
- २२ सय बिन्दुमा खुम्चियो सेयर बजार
- क्यानडाद्वारा दुई चिनियाँ कम्पनीलाई आफ्नो फाइभजी नेटवर्कमा प्रतिबन्ध
- अमेरिकामा अर्बौं डलर लगानीमा ब्याट्री प्लान्ट खोल्दै हुन्डाई
- श्रीलंकाको रेमिट्यान्समा उल्लेख्य कमी
- अमेरिकासँग सुसम्बन्ध कायम गर्ने पाकिस्तानका नयाँ विदेशमन्त्रीको चाहना
- बंगलादेशमा गहुँको पीठो १५ वर्षयताकै महंगो
- निक्षेप संकलन र कर्जा प्रवाहमा नेपाल बैंक पहिलो भएको दाबी
- नबिल बैंकको विशेष साधारणसभा :
धेरैले पढेको
- बढ्दो सहकारी जोखिम र सहकारी सुशासन
- सरकारी विद्यालयको निर्माण सामग्री प्रधानाध्यापकबाटै चोरी प्रहरीले दर्ता गर्न मानेन उजुरी
- असहज परिस्थितिका कारण जटिल बनेको देशको जर्जर अर्थव्यवस्था
- संस्थापक सेयरलाई खरिदबिक्रीको व्यवस्था गर्न पाउने नीति बनाउन माग
- हालको तरलताको अवस्था र त्यसका कारणहरू
- उद्योगको क्षमता उपयोग ७० प्रतिशत वृद्धि
- सुर्योदय टोल विकास संस्थाको तेस्रो बार्षिक साधारण सभा सम्पन्न
- नागरिक समाज, विकास र जवाफदेहिता
तपाईको प्रतिक्रिया