Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगलुम्बिनीमा अटोमोबाइल व्यवसायीलाई प्रशिक्षण

लुम्बिनीमा अटोमोबाइल व्यवसायीलाई प्रशिक्षण


काठमाडौं । नाडा अटोमोवाइल्स एसोसिएसन अफ नेपालको सहयोग र सहकार्यमा लुम्बिनी अटोमोबाइल्स एसोसिएसनको आयोजनामा लुम्बिनी तथा नेपालगञ्ज क्षेत्रका अटोमोबाइल्स व्यवसायीहरुको लागि कर, भन्सार तथा भीसीटीएस ट्रेनिङ सम्पन्न भएको छ ।

बुटवलको ड्रिमल्यान्ड गोल्ड रिसोर्टमा शुक्रबार आयोजना गरिएको ट्रेनिङ कार्यक्रममा एक सय २५ जना अटोमोबाइल व्यवसायीहरुको सहभागिता थियो । कार्यक्रममा नाडाका अध्यक्ष ध्रुव थापाले नाडा सधैँ देशभर छरिएर रहेका सदस्यहरुको समस्यासँग जुध्न र उनीहरुको क्षमता अभिवृद्धि गर्न लागिपरेको बताए । साथै उनले सबै क्षेत्रका व्यवसायीको व्यावसायिक कार्यक्षमता विकास आवश्यक रहेको बताए । कार्यक्रममा भैरहवा भन्सार प्रमुख ज्ञानेन्द्र ढकालले भन्सार क्षेत्रको विद्यमान व्यवस्था र व्यवसायीहरुले भन्सारमा अपनाउनुपर्ने विषयमा जानकारी गराएका थिए । भन्सार प्रशासनलाई चुस्त बनाउन पनि व्यवसायीको भूमिका महत्वपूर्ण हुने उनको भनाइ थियो ।

त्यसैगरी भैरहवा आन्तरिक राजस्व कार्यालयका प्रमुख मुक्ति आचार्यले राजस्व प्रशासनका विषयमा व्यवसायीलाई जानकारी दिएका थिए । उनले व्यवसायीले जानेर वा नजानेर पनि करमा समस्या हुने गरेको भन्दै उनले यस्ता कार्यक्रमले व्यवसायीलाई जानकारी र सचेतना जगाउन बताए । राजस्व अनुसन्धानका अधिकृत होमबहादुर पाण्डेले कर छल्ने प्रवृत्ति पूर्णरुमा हट्नुपर्ने विषयमा व्यवसायीलाई सचेत गराए । कर छलीमा राजस्व अनुसन्धानले शून्य सहनशीलताको नीति अपनाउने उनको भनाइ थियो ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया