साथी मार्टद्वारा कोटेश्वरको नरेफाँटमा १०३औँ आउटलेट विस्तार
काठमाडौं । नेपालकै ठूलो रिटेल चेन ओटुओ (अफलाइन टु अनलाइन) साथी मार्टको नयाँ आउटलेट कोटेश्वरको नरेफाँटमा सञ्चालनमा आएको छ । उक्त आउटलेट साथी मार्टको १०३औँ आउटलेट हो ।
विगतमा बैंकिङ क्षेत्रमा आबद्ध रहेकी रितु शाक्य र चान्सर प्रिन्टरकी सञ्चालक लक्ष्मी बाडे श्रेष्ठले फेन्चाइज लिएर मार्ट सुरु गर्न लागेका हुन् । फ्रेन्चाइज घनी रितु शाक्यका अभिभावक सिद्धिरत्न शाक्य, धर्मराज देउजा र मना देउजाले मार्टको उद्घाटन गरेका हुन् । लामो समयदेखि बैंकिङ क्षेत्रमा आबद्ध भइसक्दा आफू स्वयं पनि एक सफल उद्यमी बन्न चाहेको र नेपालको यस रिटेल सेक्टरमा नयाँ सुरुवात गरी लोकल लेभलमा ग्राहकहरुलाई सुविधा उपलब्ध गराउने योजना रहेको रितु शाक्यले बताइन् ।
मार्टको सुरुवाती दिनदेखि नै निःशुल्क होम डेलिभरी दिने योजना रहेको उनले सुनाइन् । साथै नरेफाँट नगरबासीहरुलाई मार्ट सपिङको अनुभव दिने हिसाबले साथी मार्टको ब्रान्डसँग जोडिएको उनले बताइन् । छ सय ५० वर्गफिटको आउटलेटमा ग्रोसरी, कस्मेटिक, होमकेयर, बेबिकेयर, किचन वयर, लिकर गिफ्टलगायतका सामान उपलब्ध हुनेछन् ।
साथी मार्ट ओ टु ओ मार्ट भएकाले उपभोक्ताले साथी मार्टको मोबाइल एप वा आधिकारी क वेबसाइट (डब्ल्यु डब्ल्यु डब्ल्यु डट स्मार्टसाथी डटकम) मा आफूलाई आवश्यक सामान रोजेर अर्डर गरी घरमै डेलिभरी मगाउन सक्नेछन् । फ्रेन्चाइज स्टोरसँगै साथीमार्ट इनकर्पाेरेट प्रालिको पूर्ण स्वामित्वमा नेपालका विभिन्न सहरमा छिट्टै ठूला आउटलेट सञ्चालनमा ल्याउने तयारी रहेको बताइएको छ । एउटै लगानीमा खुद्रा व्यापार (आउटलेट), ई—कमर्स, एफिलिएट मार्केटिङ, डिस्टिब्युटरसिप जस्ता सुविधा हुने भएकोले साथीस्मार्टको फ्रेन्चाइजमा आकर्षण बढेको छ ।
क्याटेगोरी : कर्पोरेट
ताजा अपडेट
- दुई हजार २८ अंकमा पुगेर रोकियो सेयर बजार
- चिनियाँ युआनमा भुक्तानी गर्दै भारतीय कम्पनी
- हङकङ पुगेका सीले के भने ?
- आईएमएफद्वारा श्रीलंकालाई समर्थन गर्ने पुनः प्रतिबद्धता
- सीताराम घ्यू अब नयाँ प्याकमा
- त्रिभुवन विमानस्थलबाट थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान गर्ने
- बैंक तथा वित्तीय संस्था परिसंघका प्रतिनिधि र प्रधानमन्त्री देउवाबीच भेटघाट
- बीओके क्यापिटलको प्रमुख कार्यकारीमा तुलाधर
धेरैले पढेको
- बढ्दो सहकारी जोखिम र सहकारी सुशासन
- सरकारी विद्यालयको निर्माण सामग्री प्रधानाध्यापकबाटै चोरी प्रहरीले दर्ता गर्न मानेन उजुरी
- असहज परिस्थितिका कारण जटिल बनेको देशको जर्जर अर्थव्यवस्था
- हालको तरलताको अवस्था र त्यसका कारणहरू
- संस्थापक सेयरलाई खरिदबिक्रीको व्यवस्था गर्न पाउने नीति बनाउन माग
- नागरिक समाज, विकास र जवाफदेहिता
- उद्योगको क्षमता उपयोग ७० प्रतिशत वृद्धि
- सुर्योदय टोल विकास संस्थाको तेस्रो बार्षिक साधारण सभा सम्पन्न
तपाईको प्रतिक्रिया