असोजको पहिलो साता राजधानीमा ‘पाकिस्तान एण्ड नेपाल फ्रेण्डसिप ट्रेड फेयर’ हुने
काठमाडौं । आगामी असोजको पहिलो साता राजधानीमा पाकिस्तानमा उत्पादित विविध वस्तु तथा सामग्रीको प्रदर्शनी मेला हुने भएको छ । काठमाडौँको त्रिपुरेश्वरस्थित युनाइटेड वर्ल्ड ट्रेड सेन्टरको चौथो तल्ला डीईसीसीमा असोज १ गतेदेखि ६ गतेसम्म ‘पाकिस्तान एण्ड नेपाल फ्रेण्डसिप ट्रेड फेयर २०२२’ मेला हुने भएको हो ।
पाकिस्तान र नेपालमैत्री व्यापार मेलामा फर्निचर, छालाबाट बनाइएका वस्तु, हस्तकलाका सामग्री, लत्ताकपडा, सारी, कुर्था, बेडसिट, जुत्ता–चप्पल, नक्कली गरगहनालगायतका सामग्री प्रदर्शनीमा उपलब्ध हुने आयोजकले जनाएको छ । दुई देशबीचको कला, संस्कृति र रीतिरिवाज आदानप्रदान गर्न मेलाले उत्कृष्ट भूमिका खेल्ने आयोजक तथा इभेन्ट म्यानेजर इन्ट्ररडक्सन ट्रेड शो नेपाल प्रालिले जनाएको छ । काठमाडौंस्थित पाकिस्तानी र पाकिस्तानस्थित नेपाली दूतावासको सहकार्यमा काठमाडौंमा विगत एक दशकयता हरेक वर्ष यस्तो प्रदर्शनी हुँदै आएको छ । एक हप्तासम्म चल्ने मेलामा पाकिस्तानका प्रतिष्ठित व्यापारीहरुको सहभागिता रहने बताइएको छ । मेलाले आर्थिक गतिविधिलाई बढावा दिएर दुवै मुलुकलाई समृद्धिको दिशामा अघि बढ्न सहयोग गर्ने आयोजक इन्ट्रोडक्सन ट्रेड शोका मेनेजिङ डाइरेक्टर सुमन महर्जनले बताए । पाकिस्तानमा निर्मित छालाका सामग्रीहरुले नेपाली बजार लिएको र नेपालका हस्तकलाका सामग्रीहरूले पाकिस्तानमा प्रभाव जमाएको भन्दै उनले मेलामार्फत दुवै देशहरुको उत्पादनको प्रवर्द्धनमा सघाउ पुग्ने बताए ।
मेलामा भारत र बङ्गलादेशका स्टलहरू पनि रहनेछन् । यसपटक मेलाको आकर्षणको रुपमा खानाको लागि विभिन्न देशका स्वादमा फुड स्टल, साना केटाकेटीहरुका लागि गेमिङजोन, फोटो सुट, विविध सांस्कृतिक कार्यक्रमलगायत पाकिस्तान, भारत, बङ्गलादेश र नेपालका उत्कृष्ट उत्पादनको स्टल रहने आयोजकले जानकारी दिएको छ । मेलामा केही स्टल बाँकी रहेको भन्दै आयोजकले नेपाल, भारत, पाकिस्तान र बंगलादेशको कुम्भ मेलामा आफ्नो ब्राण्ड प्रवर्द्धन गर्न र व्यापार गर्न चाहने फर्म तथा कम्पनीलाई पनि आह्वान समेत गरेको छ ।
क्याटेगोरी : कर्पोरेट
ताजा अपडेट
- के थियो प्रेम प्रसादले आत्मदाह गर्नु अघि सरकारलाई दिएको २५ बुँदे सुझाव ?
- झिनो अंकले ओरालो लाग्यो सेयर बजार
- छोरीको विवाहमा प्रभु लाइफको जीवन बीमा उपहार
- ड्यानुव होमको दोस्रो शोरुम डिल्लीबजारमा
- मेटलाइफ नेपाल पनि एनपीएसमा आबद्ध
- हिमालयन बैंकद्वारा थप दुईवटा भुक्तानी काउन्टर सञ्चालन
- तीव्र माग र आपूर्तिमा सुधारपछि टाटा मोटर्स नाफामा
- नदीक्षेत्र अतिक्रमणको प्रभाव
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- बैंकहरूको लागि होम लोन नै सुरक्षित
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- व्यवसायी मुुरारका र राठीको पोस्ता आयातको लाइसेन्स लिने प्रयास असफल
तपाईको प्रतिक्रिया