भिभो भी२५ सिरिज स्मार्टफोनको प्रि–बुकिङ सुरु
काठमाडौं । स्मार्टफोन ब्रान्ड भिभोले आफ्नो नयाँ भी२५ सिरिजका स्मार्टफोनहरू भी२५ फाइभजी र भी२५ई को प्रि–बुकिङ खुल्ला गरेको छ । ग्राहकहरुले आइतबारदेखि भदौ २२ गतेसम्म भी२५ सिरिजका स्मार्टफोनको प्रि–बुकिङ खुल्ला गरेको हो ।
कम्पनीका अनुसार भी२५ फाइभजीको प्रि–बुकिङमा आकर्षक उपहार भिभो नेकब्यान्ड र भी२५ई को प्रि–बुकिङमा एंकर यूआई नेकब्यान्ड पाउँन सक्नेछन् । भी सिरिज उत्कृष्ट डिजाइन, शक्तिशाली प्रदर्शन र अपग्रेडेड विशेषताहरुको साथ आउँछ । बहुप्रतीक्षित भी२५ सिरिज चाँडै नेपाली प्रयोगकर्ताहरूका लागि उपलब्ध हुनेछ । भी२५ र भी२५ई दुवैमा रंग परिवर्तन हुने ग्लास प्रविधि छ । यसका साथै, दुवै स्मार्टफोनमा फ्लोराइट एजी ग्लास प्रयोग गरिएको छ, जसले फोनलाई अझ बढी आकर्षक बनाउँछ ।
भी२५ सिरिज हल्का तौल र स्टाइलिस डिजाइनमा उपलब्ध हुनेछ । यस्तै भी २५ फाइभजी र भी२५ई दुवैमा ६४एमपी ओआईएस (अप्टिकल इमेज स्टेबलाइजेसन) अल्ट्रा सेन्सिङ रियर क्यामेरा छ, जसले कम ब्राइटनेस र हल्लिएको ब्लर फोटोहरुलाई स्पष्ट बनाउँछ । त्यस्तै भी२५ फाइभजीमा ५०एमपी अटो फोकस पोट्र्रेट फ्रन्ट क्यामेरा रहेको छ । साथै, भी२५ई मा ३२एमपी फ्रन्ट क्यामेरा रहेको छ जसले प्रयोगकर्ताहरूलाई फोटोग्राफी अनुभव पुनः परिभाषित गर्न उत्कृष्ट–इन–क्लास इमेजिङ प्रविधि प्रदान गर्दछ ।
भी२५ सिरिजको दुवै स्मार्टफोनहरूमा शक्तिशाली प्रोसेसरहरू छन्, भी२५ फाइभजीमा मिडियाटेक डाइमेन्सिटी ९०० प्रोसेसर प्रयोग गरिएको छ भने भी२५ई मा मिडिया टेक हेलियो जी९९ प्रोसेसर प्रयोग गरिएको छ । भी२५ सिरिजका दुवै स्मार्टफोनमा शक्तिशाली ४५०० एमएएच ब्याट्री रहेको छ जसलाई ४४वाट फ्ल्यासचार्जले समर्थन गर्दछ । यसका साथै स्मुद अनुभवका लागि भी२५ सिरिजमा ८जीबी -याम र १२८ जीबी रोम रहेको छ जसमा ८जीबीको एक्सटेन्डेड -याम पनि छ । भी२५ फाइभजी दुईवटा कलर भेरियन्ट अक्वामेरिन ब्लु र डायमण्ड ब्ल्याकमा उपलब्ध हुने कम्पनीले जनाएको छ । यसको मूल्य ५२ हजार नौ सय ९९ रुपैयाँ तोकिएको छ । यस्तै भिभो भी२५ई को मूल्य ४२ हजार नौ सय ९९ रुपैयाँ तोकिएको छ । यो दुई कलर भेरियन्ट–सनराइज गोल्ड र डायमण्ड ब्ल्याकमा उपलब्ध हुने कम्पनीको भनाइ छ ।
क्याटेगोरी : कर्पोरेट
ताजा अपडेट
- नवउद्यमीलाई बजारीकरणमा प्रविधिको प्रयोग गर्न आग्रह
- सुशासन सपना र भाषणमै सीमित
- भान्सामा सिस्नोको परिकार पाक्ने क्रम बढ्दै
- बोर्डलाई नौ अर्ब ६२ करोडबराबरका स्वामित्व हस्तान्तरण
- भ्रष्टाचार अवधारणा सूचकाङ्कमा नेपालको सुधार
- होटल र मदिरा व्यवसायीलाई करको दायरामा आउन आग्रह
- म्युचुअल फण्ड नियमावलीको प्राविधिक त्रुटिमा टेकेर बार्गेनिङ
- मोबाइलबाट दिनमा दुई लाख रुपैयाँसम्म कारोबार
धेरैले पढेको
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- बहसमा कर्मचारी अवकाश उमेरहद
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- बैंकहरूको लागि होम लोन नै सुरक्षित
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- व्यवसायी मुुरारका र राठीको पोस्ता आयातको लाइसेन्स लिने प्रयास असफल
तपाईको प्रतिक्रिया